Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 13795 - 13800 of 23748
फिल्मीखबर, काठमाडौं, 2017-01-27, शुक्रवार
सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्म 'म यस्तो गीत गाउँछु' फागुनबाट फ्लोरमा जाने भएको छ । अभिनेता पल शाहको व्यस्तता अनि सांगितिक पक्षलाइ अब्बल बनाउन निर्माण टिमको लबिङले फिल्म फ्लोरमा जान केहि ढिलाइ भएको हो ।
फिल्मीखबर, काठमाडौं, 2017-01-27, शुक्रवार
सायद डेब्यू ब्वाई संयम पुरी अभिनयको दुनियाँमा चिर परिचित नाम हो । 'सायद'देखि 'रातो घर'सम्म आइपुग्दा उनले आधा दर्जन बढि फिल्म गरिसकेका छन् । पछिल्लो पटक यी युवा अभिनेता फ्लोरमा जाने तयारी गरिरहेको फिल्म 'ग्याङ्गस्टर ब्लूज'को वर्कसपमा व्यस्त छन् ।

 

फिल्मीखबर, काठमाडौं, 2017-01-27, शुक्रवार
चर्चित र्‍याप गायक यमबुद्धको आत्महत्याको खबर अहिले धेरै नेपालीहरुको मानसपटलमा ताजै छ । दुइ हप्ता पहिले मात्रै दिवंगत भएका यमबुद्धलाइ अहिले उनका फ्यान अनि शुभचिन्तकहरुले अनेकन तर- तरिकाबाट स्मरण गरिरहेका छन् ।यो बीचमा बर्ष २०७३ को प्रतिच्छित फिल्म 'लुट २' को नयाँ गीत नाहिरिँदै गर्दा सुन्ने अनि हेर्नेहरुको लागी पुनः एक पटक यमबुद्धको याद आउनसक्छ । 
फिल्मीखबर, काठमाडौं, 2017-01-26, बिहिवार
लक्ष्मण सुवेदी निर्देशित कमेडी फिल्म 'लालजोडी' चाइनीज नयाँ बर्षको छेकोमा मलेसियामा प्रदर्शन हुने भएको छ । सञ्चारकर्मी समेत रहेका सुवेदीकै लेखन, निर्माण रहेको फिल्मलाई मलेसियामा प्रदर्शनको अधिकार मनु थापाले लिएकी हुन् ।
बैकुण्ठराज पराजुली, काठमाडौं, 2017-01-26, बिहिवार
धेरै पहिलेदेखि लाग्दै नेपाली फिल्म अनि फिल्ममा समावेश हुने गीत संगीतमा लाग्दै आएको कपी तथा चोरीको आरोप अहिलेसम्म पनि विधितै छ । कतै डिट्टू कथा चोरेको त कहिले संगीत अनि कहिले कोरियोग्राफी चोरीको आरोप नेपाली फिल्मा लागिरहन्छ । पछिल्लो पटक केहि दिन पहिले मात्र रिलिज फिल्म 'निर्भय' गीतको कोरियोग्राफी पनि करिब करिब जस्ताको तस्तै कपी गरिएको भेटिएको छ ।
फिल्मीखबर, काठमाडौं, 2017-01-26, बिहिवार
बर्ष २०७२ को हिट फिल्म 'पशुपतिप्रसाद' टिमको तर्फबाट बन्न लागेको नयाँ फिल्म 'धनपति'को फ्लोरमा जानु पुर्व नै रिलिज घोषणा गरिएको छ । निर्माण व्यानर टुकी आर्ट्सले प्रेस विज्ञप्ती जारी गर्दै अर्को बर्ष अर्थात २०७४को असार २३ लाइ विश्वव्यापी प्रदर्शनको मिति घोषणा गरेको हो ।
Results : 13795 - 13800 of 23748
Most Visited News (monthly)