Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'लाल्टिन' मा प्रियंका कसकी ?

फिल्मीखबर, काठमाण्डौ, 2017/06/06
यही जेष्ठ २६ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको सिनेमा हो 'लाल्टिन' । लगातार एकपछि अर्को फिल्ममा रुचाइएको प्रियंका कार्की र दयाहाङ् राईको जोडीलाई यो फिल्ममा पनि दर्शकहरुले देख्न पाउँदैछन् । तर, 'लाल्टिन' को रिलिज डेट घोषणा भएको दिनदेखि दया र प्रियंका फिल्मको प्रचार-प्रसारमा काहिँ कतै देखिएका थिएनन् । यसै क्रममा दयाहाङ् राई भने सोमवार मिनभवनको एभरेष्ट फिल्म एकेडेमीमा भेटिए । झण्डै १ महिना लामो राजधानी बाहिरको बसाईपछि काठमाडौं फर्किएका दयाले 'लाल्टिन' मा आफ्नो भूमिकाले दर्शकहरु सप्राइज हुने बताए । 
 
'फिल्म 'लाल्टिन'ले तपाईको साथ पाएन नी ?' भन्ने पत्रकारको प्रश्नको उत्तर दिँदै दयाहाङ्ले भने, 'एक फिल्मको सुटिङका लागि म करीब ४० दिनदेखि राजधानी बाहिर थिए । अस्ती मात्र काठमाडौं आएको हुँ । 'लाल्टिन' को प्रचारमा नचाहेर नहिँडेको होइन कार्यव्यस्तताका कारण समय दिन नपाएको हुँ ।' उनले अपराधिक घट्नामा आधारित भएर फिल्म 'लाल्टिन' निर्माण भएको बताए । 
 
फिल्मका अर्का मुख्य कलाकार निर्जन थापाले भने, 'लाल्टिनलाई लिएर निकै उत्साहित छु । फिल्ममा कमेडी, एक्शन, सस्पेन्स, रोमान्स र म्यासेज पनि छ । फिल्मको म्यूजिक सबैभन्दा बलियो छ ।' उनले फिल्ममा प्रियंका र दयाहाङ्को जोडीसँगै आफ्नो र प्रियंकाको जोडी पनि दर्शकहरुले हेर्न पाउने बताए । त्यस्तै, फिल्मका अर्का कलाकार राज कटुवालले 'लाल्टिन'लार्ई दर्शकहरुले भरपूर मनोरञ्जन दिने दावी गरे । 
 
दयाहाङ्, निर्जन, राज र प्रियंकाका अलवा फिल्ममा केकी अधिकारी, जनक बर्तौला, अर्जुन जंग शाही, ए. गुरुङ  लगायतका कलाकारको पनि मुख्य भूमिका छ । एमसन पिक्चर्सको ब्यानरमा भानु प्रतापको प्रस्तुती रहेको फिल्म 'लाल्टिन' मा अनिम श्रेष्ठ र राज केसीको लगानी रहेको छ । देव कुमार श्रेष्ठले फिल्मलाई निर्देशन गरेका हुन् । 
Most Visited News (monthly)