मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विरगञ्जमा 'फाटेको जुत्ता' सिउँदै सौगात र प्रियंका

फिल्मीखबर, काठमाण्डौ, 2017/06/07
अहिले विरगञ्जमा गर्मी कस्तो होला ? सोच्दा पनि तपार्ईको शरीरमा पसिना छुट्छ । यो गर्मीका बिच पनि अहिले नायिका प्रियंका कार्की र नायक सौगात मल्ल ४२ डिग्री तापक्रममा फिल्म 'फाटेको जुत्ता' मा आफ्नो जुत्ता खियाउँदैछन् । ५५ प्रतिशत छायांकन सकिएको फिल्म 'फाटेको जुत्ता' का लागि निर्माणपक्षले गएको आइतवार एउटा ऐतिहासिक दृृश्य क्यामेरामा कैद गरेको छ, जुन निकै मुश्किल काम थियो । फिल्ममा समाबेश 'गाउँमा रामलिलाको नाटक' का लागि निर्माणपक्षले ७ सय क्राउड भेला गरेर उक्त दृृृश्य खिचेको छ । 
 
फिल्मका निर्माता अर्जुन कुमारले भने, '७ सय दर्शकहरुको भिड जम्मा गर्नु कम चुनौतीपूर्ण थिएन तर हामी त्यसमा सफल भयौं । हामीले फिल्मलाई राम्रो बनाउनका लागि कुनै कसर बाँकी राखेका छैनौं र कलाकारहरुले पनि चर्को घामका बिच पनि निकै मिहिनेत गरिरहनु भएको छ ।' 
 
 
कात्तिक १७ गतेबाट अल नेपाल रिलिज हुन लागेको यो फिल्मलाई निकेश खड्काले निर्देशन गरिरहेका छन् । ‘जिन्दगी रक्स’ निर्देशन गरेका निकेशको यो दोस्रो फिल्म हो । मधेशको परिवेशमा निर्माण हुन लागेको यो फिल्ममा सौगात र प्रियंका दुवै मधेशी चरित्रमा देखिनेछन् ।