Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 13813 - 13818 of 23748
फिल्मीखबर, काठमाडौं, 2017-01-22, आईतवार
छक्का पञ्जा फिल्ममा समावेश गीत 'पुर्व पश्चिम रेल'ले युट्युवमा एक करोड भिजिटको किर्तिमान राखेको छ । यसअघि यहि फिल्मको निर्माण ब्यानरमा बनेको 'वडा नम्बर छ' फिल्मको 'सुर्के थैली' बोलको गीतले समेत १ करोड बढि पटक युट्युवमा हेरिएको किर्तिमान बनाएको थियो । 
 
फिल्मीखबर, काठमाडौं, 2017-01-21, शनिवार
नेपालमा सर्वाधिक रुचाइएको सफल फिल्म 'जात्रा'को आज साँझ अमेरिकाको क्यालिफोर्नियामा स्पेशल स्कृनिङ हुँदैछ । अर्को फिल्म 'सेतो सुर्य'को फेस्टिभल प्रतिस्पर्धामा सहभागी हुन अमेरिका पुगेका जात्राका निर्माता अनि अभिनेता बानियाँ क्यालिफोर्नियामा शनिबार साँझ हुन लागेको शो मा सहभागी हुँदैछन् । 
फिल्मीखबर, काठमाडौं, 2017-01-21, शनिवार
बर्ष २०७३ को ब्लकवस्टर फिल्म 'छक्का पञ्जा' पाइरेसी र त्यसपछि पाइरेसीमा संलग्न एक युवकले गरेको आत्महत्या पछि उत्पन्न परिस्थितीमा निर्माण टिम विरुद्ध नै छानबिन माग गर्दै प्रहरीमा निवेदन दर्ता गराइएको छ । निर्माता तथा कलाकार दिपकराज गिरी, निर्मल शर्मा, सुमन गिरी सहित निर्देशक दिपाश्री निरौंलाले संयुक्त रुपमा आफुहरुमा नै छानबिन माग गर्दै गौशाला प्रहरीमा उजुरी दर्ता गराएका हुन् । 
फिल्मीखबर, काठमाडौं, 2017-01-21, शनिवार
एक महिना पहिले टिजर रिलिज गर्दै प्रचार सुरु गरेको फिल्म 'यो साइनो मायाको' रिलिज लक भएको छ । निर्माण टिमले दिएको जानकारी अनुसार फिल्म आगामी चैत्र ४ गते रिलिज हुनेछ । काठमाडौंमा सुनिल मानन्धरले वितरणको जिम्मा लिएका छन् भने मोफसलमा एफडी कम्पनिले यो फिल्मलाई वितरणको जिम्मा लिएको छ । 
फिल्मीखबर, काठमाडौं, 2017-01-20, शुक्रवार
नेपाली चेली तेरिया फौजा मगरले भारतिय टेलिभिजन च्यानल कलर्स टिभीको चर्चित शो 'झलक दिखला जा' को ताज जितेकी छिन् । यद्धपी कलर्स टिभीले यो निर्णयलाई औपचारिक घोषणा भने गरेको छैन् । 
फिल्मीखबर, काठमाडौं, 2017-01-20, शुक्रवार
चैत्र ११ मा एक्शन स्टार निखिल उप्रेती स्टारर फिल्म 'निर्भय' रिलिज पक्का हुँदा सोहि मितिमा यो पहिले नै घोषणा गरिसकिएको रेखा थापा स्टारर 'डायरी' पनि रिलिज तय थियो । जसले सिंगल थियटरका बादशाह मानिने दुबै कलाकार भिड्ने पक्का हुँदा भिडन्त रोमाञ्चक हुने अनुमान थियो । 
Results : 13813 - 13818 of 23748
Most Visited News (monthly)