मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

निखिलको 'कमिटमेन्ट' मा साली हिरोइन

फिल्मीखबर, काठमाण्डौ, 2017/06/07
नायक निखिल उप्रेतीको निर्देशनमा बन्न लागेको नेपाली फिल्म 'कमिटमेन्ट : सिक्स्टी हावर्स' को मंगलवारदेखि छायांकन सुरु भएको छ । भारतको फिल्म निर्माण कम्पनी प्रामा इन्स्ट्रूमेन्ट्सको लगानीमा निर्माण हुने यो फिल्ममा बलीउडका प्रख्यात कलाकारहरु रञ्जित, सयाजी शिंदे, अनन्त जोग, अली जाफर, नन्सी लगायतको मुख्य भूमिका छ । अहिले 'कमिटमेन्ट' को छायांकनका लागि कलाकार रञ्जित भने नेपाल आइपुगेका छन् । उनी फिल्ममा समाबेश एक आइटम गीतमा मात्र देखिने निर्माणपक्षले जानकारी दिएको छ । 
 
 
३ करोडको बजेटमा निर्माण हुने बताइएको यो फिल्मका लागि निखिलले नायिका पनि फाइनल गरेका छन् । निखिल केही दिनदेखि फिल्मका लागि नयाँ अनुहार खोजिरहेका थिए । यस्तैमा उनले फिल्मको मुख्य भूमिकामा अरु कोहिँ होइन आफ्नै सालीलाई अनुवन्धित गरेका छन् । सञ्चिता लुइँटेलकी बहिनी सिवानी लुइँटेललाई निखिलले 'कमिटमेन्ट : सिक्स्टी हावर्स' का लागि मुख्य भूमिकामा फाइनल गरेका हुन् ।
 
यसको जानकारी निखिलकी श्रीमति सञ्चिता लुइँटेलले फेसबुकमा सिवानीको फोटोसहित एक स्टाटस लेखेर जानकारी दिएकी छन् । सिवानीको यो डेब्यू फिल्म हो । अब निखिलले आफ्नै सालीसँग फिल्ममा रोमान्स गर्नेछन् । फिल्मको छायांकन नेपाल, मुम्बई, थाइल्याण्ड, सिंगापूर र अमेरिकामा हुँदैछ ।