Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

उदित नारायणले पाउन छाडे बलीउडमा काम

एजेन्सी, मुम्बई, 2017/06/07
बलीउडमा एकपछि अर्का गायक-गायिकाहरुको इन्ट्री भैरहेको अवस्थामा केही पुराना प्लेब्याक सिंगर्सहरुले भने काम पाउन छाडेका छन् । यसो हुँदा अहिले धेरै प्लेब्याक सिंगर्सहरु इन्डस्ट्रीबाट नै गायब हुँदै गएका छन् । अलका याग्निक, उदित नारायण, कुमार शानू सहित बलीउडका धेरै पुराना गायक गायिकाहरु केही वर्षदेखि खाली बस्नु परेको छ । कुरा गरौं नेपाली मूलका भारतीय गायक उदित नारायण झाको । नेपाली, मैथिली, नेपाल भाषा, उर्दू, हिन्दी, तमिल, तेलगु, मलयालम, कन्नड, उडिया, आसामी र सिन्धी भाषाहरूको फिल्ममा पार्श्व गायकको रूपमा गीत गाएका उदित केही वर्षयता खाली छन् । २०१६ मा उनले दुई फिल्म 'जय गंगाजल' र 'अना' का लागि गीत गाएका थिए ।  
 
उनले 'पापा कहते हैं बड़ा नाम..' (फिल्म 'कयामत से कयामत तक', 1998), 'मुझे नींद न आए..' (फिल्म 'दिल', 1990), 'मेरा दिल तेरे लिए धड़कता है..' (फिल्म 'आशिकी', 1990), 'एक-दूसरे से करते हैं प्यार हम..' ( फिल्म 'हम', 1990), 'पहला नशा..' ( फिल्म 'जो जीता वही सिकंदर', 1992), 'जादू तेरी नजर..' (फिल्म 'डर', 1992) जस्ता सुपरहिट गीत गाएका छन् । 
 
३० भाषाहरूमा १५,००० भन्दा बढी गीत गाएका उदितले भारतका २६० बढी फिल्मका गीतहरुमा आफ्नो स्वर भरेका छन् । उनलाई भारत सरकारले वर्ष २००९ मा भारतको उच्च सम्मान पदक पद्म श्री पुरस्कारबाट समेत सम्मनित गरिसकेको छ ।  त्यस्तै, उनी वर्ष २००१ मा प्रबल गोर्खा दक्षिण बहु नेपालको तत्कालिन राजा श्री ५ बिरेन्द्र बिर बिक्रम शाह देवबाट पनि सम्मानित भैसकेका छन् ।
 
 
Most Visited News (monthly)