मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजका लागि विशेष छिन् मलिना (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/07/03
फिल्म ‘लिला’को ‘साँच्चै विशेष छौ’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । गायक उदित नारायण झाको स्वर रहेको गीतमा शब्द डा.कृष्णहरी बराल र संगीत बसन्त सापकोटाको रहेको छ । गीत अभिनेत्री मलिना जोशी र राज कटुवाल माथी फिचरिङ गरिएको छ । गीतमा राजले मलिनाको सौन्दर्यताको बयान गर्दै आफ्नो लागि उनी विशेष भएको चर्चा गरेका छन् । 
 
सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको फिल्म ‘लिला’ निर्देशक रमेश कोइरालाले निर्देशन गरेका हुन् । सिपी पौडेल फिल्मका कार्यकारी निर्माता हुन् । लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) निर्माता रहेको फिल्मको लेखन निर्माता लक्ष्मण बस्नेतले नै गरेका हुन् ।
 
फिल्ममा मलिना जोशी, राज कटुवाल, संचिता लुइटेल, धु्रर्व कोइराला, निस्तोज निरौला, देवीराम पराजुली, (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ । यो फिल्म भदौ ३० गते रिलिज हुँदैछ ।