Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

प्रदीपको बुलेट बाइकमा अश्लेषा सरर...

फिल्मीखबर, काठमाण्डौ, 2017/07/03
साउन १३ गते रिलिज हुन लागेको वर्ष २०७२ को हिट फिल्म 'प्रेमगीत'को सिक्वेल 'प्रेमगीत २' टिम अहिले देश दौडाहामा छ । दमौलीदेखि सुरु भएको 'प्रेमगीत २' को सांगीतिक यात्रा पोखरा, नेपालगंज हुँदै सोमबार बुटवलमा हुँदैछ । यस लगत्तै फिल्मको जम्बो टोलीले पूर्वी नेपालको धरान लगायतका थलोमा प्रस्तुती दिँदैछ । 
 
कन्सर्टको पहिलो दिन दमौलीमा सयौं दर्शकसामु फिल्म टोली घेरियो । जब बुलेट बाइकमा प्रदीप खड्काले अश्लेषालाई चढाएर मञ्चमा उक्लिए तब दर्शकहरुले गज्जबको हुटिङ गरे । यस्तै, दर्कँदो झरीलाई बेवास्ता गर्दै पोखराको चिप्लेढुंगामा शनिबार 'प्रेमगीत २' को कन्सर्ट भयो । 
 
पोखराको पानीलाई बेवास्ता गर्दै नायक प्रदीप खड्का र नव-नायिका अश्लेषा ठकुरीले दर्शकहरुलाई मनोरञ्जन दिए । प्रदीपलाई स्टेज मुनी रहेका सयौं यूवतीहरुले 'लभ यू प्रदीप' भन्दै गुलाबको फूल दिइरहेका थिए भने आफ्ना महिला फ्यानले दिएको गुलाबको फूल लिँदै प्रदीपलाई पनि 'लब यू टू' फर्काउँदै गरेको देख्न सकिन्थ्यो । 
 
 
रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्म्सको ब्यानरमा बनेको हो। 'प्रेमगीत २' मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ । 
 
फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ । 
Most Visited News (monthly)