मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

मंसिरमा सलोन र करिश्माको 'बाबु कान्छा'

फिल्मीखबर, काठमाण्डौ, 2017/07/03
हाल छायांकन भैरहेको फिल्म 'बाबु कान्छा'को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । ७० प्रतिशत छायांकन सकिएको 'बाबु कान्छा'को पोस्टरसँगै निर्माण पक्षले रिलिज डेट पनि कन्फर्म गरेको छ । फिल्मका निर्देशक शोभित बस्नेतले 'बाबु कान्छा' मंसिर १५ गतेबाट अल नेपाल प्रदर्शनमा आउने जानकारी दिए ।
 
निर्देशक बस्नेतले भने, 'नायक सलोन बस्नेत अवार्डको लागि लन्डन गएको हुनाले अहिले फिल्मको छायांकन रोकिएको छ । सलोन लन्डनबाट फर्किए लगतै फिल्मको बाकी छायांकन हुनुको साथै फिल्मको गीत छायांकन गर्न हामी साउनको दोस्रो हप्ता दुबई प्रस्थान गर्नेछौं ।'  
 
फिल्म 'बाबु कान्छा'मा सलोनको अलावा करिश्मा श्रेष्ठ, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल लगायतको अभिनय रहेको छ । यो फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछन् । 
 
संचारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको 'बाबु कान्छा'मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा कविराज गहतराज र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी छ । फिल्ममा टंक बुढाथोकी र अल्मोडाको संगीत छ भने ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैं राम्री छौ’ लाई रिमिक्स गरेका छन्।