मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बक्स अफिस अवार्डमा केकी र आर्यन उत्कृष्ट

फिल्मीखबर, काठमाण्डौ, 2017/07/03
बेलायतको थर्ड आर्इ कम्पनी र बक्स अफिस इन्टरनेशनल ग्रुपको संयुक्त आयोजनामा गएको शनिवार ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड २०१७’ बेलायतको अल्डरसट स्थित एम्पायर हलमा सम्पन्न भएको छ । ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड २०१७’ मा नायक आर्यन सिग्देललाई फिल्म ‘होमवर्क’बाट उत्कृष्ट नायकको अवार्ड दिइयो भने नायिका केकी अधिकारीले फिल्म 'लभ साशा'बाट उत्कृष्ट नायिकाको अवार्ड उचालिन् । 
 
उत्कृष्ट फिल्म ‘वीर विक्रम’ हुन सफल भयो भने उत्कृष्ट निर्देशकको अवार्ड यही फिल्मबाट मिलन चाम्सले हात पारे । अवार्ड समारोह भव्य आयोजना गरेकोमा दर्शक, सञ्चारकर्मी, प्राविधिक र नेपालबाट अवार्ड समारोहमा पुगेक ६ दर्जन चलचित्रकर्मीलाई आयोजक संस्था बक्स अफिस इन्टरनेशनलका अध्यक्ष आर.के.सुवेदी र बेलायत आयोजकको थर्ड आर्इका प्रमुख विकास देवकोटाको धन्यवाद ज्ञापन गरे । अवार्ड समहारोमा करिश्मा मानधर, आर्यन सिग्देल, केकी अधिकारी, योगेस्वर अमात्य, अशिस्मा नकर्मी, वर्षा सिवाकोटी, सुरविना कार्की ,अनुप बिक्रम शाही, कुशल थापा, नम्रता योगी, सर्मिला बर्देवा, आनन्द कार्की र बेलायतमा बसाबास गर्ने कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए । 
 
 
'दशौं बक्स अफिस अवार्ड'मा सहभागी हुन बेलायत पुगेका अधिकांश कलाकार र प्राविधिकहरुले अवार्ड पाएका छन् भने कार्यक्रममा आफ्नो प्रस्तुती दिएकालाई पनि अवार्ड दिइएको छ । हुनत, विदेशमा मात्र होइन नेपालमा हुने अवार्ड कार्यक्रहरुमा पनि यस्ता महान कार्यहरु भैरहेका छन्, जसले गर्दा विस्तारै दर्शक र चलचित्रकर्मीहरुको नै विश्वास नेपाली अवार्डहरुले गुमाउँदै गएका छन् ।   
 
 
कस-कसले जिते अवार्ड ? (नामावली सहित)
 
सर्वश्रेष्ठ मेक-अप
सरोज पाण्डे  - पुरानो डुङ्गा
 
सर्वश्रेष्ठ कला निर्देशक
आशिष दाहाल/कसम नेपाल    - जंगे
 
सर्वश्रेष्ठ भेषभूष (ड्रेस डिजाइन्)
उत्तम बनेपाली  - के म तिम्रो होइन र 
 
सर्वश्रेष्ठ ध्वनि मिश्रण 
सुनयमान श्रेष्ठ  - छक्का पञ्जा
 
सर्वश्रेष्ठ पाश्र्व संगीत
शैलेश श्रेष्ठ  - गाजलु 
 
सर्वश्रेष्ठ कलर करेक्सन 
राजेन्द्र मोक्तान  - गाजलु
 
सर्वश्रेष्ठ भि. एफ. एक्स 
अनन्त घिमिरे  - द विनर 
 
सर्वश्रेष्ठ खल-नायक  
अर्पण थापा  - वीर विक्रम 
 
सर्वश्रेष्ठ हास्य कलाकार 
केदार घिमिरे (माग्ने बुढो)  - छक्का पञ्जा 
 
सर्वश्रेष्ठ बाल कलाकार 
साइब्रत आचार्य  - छाँया
 
सर्वश्रेष्ठ नृत्य निर्देशक
विक्रम स्वाार  - ठमेल बजार (लुट २) 
 
सर्वश्रेष्ठ पटकथा 
दीपकराज गिरी  - छक्का पञ्जा 
 
सर्वश्रेष्ठ संवाद
दीपकराज गिरी  - छक्का पञ्जा
 
सर्वश्रेष्ठ कथा 
लक्ष्मण सुवेदी  - लालजोडी
 
सर्वश्रेष्ठ सम्पादक
विपिन मल्ल  - छक्का पञ्जा 
 
सर्वश्रेष्ठ छायाँकार
राम कुमार केसी  - वीर विक्रम
 
सर्वश्रेष्ठ द्धन्द निर्देशक
एन. बी. महर्जन  - जय पर्शुराम 
 
सर्वश्रेष्ठ चरित्र अभिनेता
माओत्से गुरुङ  - पुरानो डुङ्गा
 
सर्वश्रेष्ठ चरित्र अभिनेत्री
मिथिला शर्मा  - के म तिम्रो होइन र 
 
सर्वश्रेष्ठ सह-नायक
सलोन बस्नेत  - गाजलु
 
सर्वश्रेष्ठ सह-नायिका
मेनुका प्रधान - पुरानो डुङ्गा
 
सर्वश्रेष्ठ नव-नायिका
दिया पुन  - वीर विक्रम 
 
सर्वश्रेष्ठ नव-नायक 
आर्यन अधिकारी  - के म तिम्रो होइन र 
 
सर्वश्रेष्ठ नायिका 
केकी अधिकारी  - लभ साशा
 
सर्वश्रेष्ठ नायक 
आर्यन सिग्देल  - होमवर्क 
 
सर्वश्रेष्ठ नव-निर्देशक 
नरेश केसि  - डाइङ क्याण्डल
 
सर्वश्रेष्ठ निर्देशक
मिलन चाम्स  - वीर विक्रम 
 
सर्वश्रेष्ठ फिल्म
वीर विक्रम 
 
कार्यक्रममा संगीत अवार्डपनि प्रदान गरिएको छ । शान्ति प्रियलाई 'छक्का पन्जा'मा समाबेश 'सुनन चम्पा' बोलको गीतबाट उत्कृष्ट गीतकारको अवार्ड प्रदान गरियो भने 'छक्का पन्जा'बाटै राजनराज सिवाकोटीले पनि उत्कृष्ट संगीत विधामा अवार्ड उचाले । यस्तै, 'छक्का पन्जा'बाट गायिका अन्जु पन्तले उत्कृष्ट गायिकाको अवार्ड पाइन् भने 'वीर विक्रम'बाट तारा प्रकाश लिम्बुले उत्कृष्ट गायकको अवार्ड पाए । 
 
सर्वश्रश्रेष्ठ स्टुडियो रेड स्टिडियो, 'छक्का पन्जा'बाट सर्वश्रश्रेष्ठ पोस्टर डिजाइन सुन्दर श्रेष्ठ, 'छक्का पन्जा'बाट सर्वश्रश्रेष्ठ निर्माण नियन्त्रक सुमनराज गिरी, 'के म तिम्रो होइन र' बाट सर्वश्रेष्ठ प्रोमो साहिल खान, 'छक्का पन्जा'बाट सर्वश्रश्रेष्ठ वितरक गोपालकाजी कायस्थ र 'वीर विक्रम'बाट केदार पराजुलीले अवार्ड उचाले । 
 
यस्तै, 'तीन घुम्ती'लाई सर्वश्रेष्ठ विशेष चलचित्रको अवार्ड प्रदान गरियो । सर्वश्रेष्ठ सफल डिजिटल कारोबार हाइलाइट् नेपालले अवार्ड उचाल्दा सर्वश्रेष्ठ सफल सिनेमा हलको अवार्ड अस्ट्नारायण हलले उचाल्यो । सर्वश्रेष्ठ सक्रिय संघसंस्था कलाकार संघ, सर्वश्रश्रेष्ठ अवार्ड आयोजना नेफ्टा अवार्ड, सर्वश्रेष्ठ कलाकार ज्योति काफ्ले सर्वश्रेष्ठ नायिका आयुश्मा कार्की, सर्वश्रेष्ठ नायक निखिल उप्रेती, सर्वश्रेष्ठ निर्माता सन्तोष अन्जु, सर्वश्रेष्ठ निर्देशक दिपाश्री निरौला र सर्वश्रेष्ठ लाइफटाइम अचिभमेन्ट दीपक क्षेत्रीलाई प्रदान गरियो । 
 
यस्तै, पत्रकारिता युवा प्रोत्साहन पुरस्कार 'ठूलोपर्दा डटकम'का प्रधान सम्पादक जीवन पराजुलीलाई प्रदान गरिँदा पत्रकारिता नगद सम्मान श्याम अर्याललाई दिइयो । कार्यक्रममा सुन्दर लाल श्रेष्ठलाई विशेष सम्मान पनि प्रदान गरिएको थियो ।