Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शाहिद बन्दैछन् दोस्रो पटक पिता

एजेन्सी, मुम्बई, 2017/07/04
बलीउड अभिनेता शाहिद कपूरकी श्रीमति मीरा राजपूत पछिल्लो समय कुनै न कुनै कुराले चर्चामा छिन् । तर, विवाहभन्दा अगाडि नै मीराले मिडियामा आफ्नो छुट्टै स्थान बनाइसकेकी थिइन् । जो कोहिँ जान्न चाहन्थे कि शाहिदकी श्रीमति कस्ती हुनेछिन् । यसपछि छोरी मीशाको जन्म भयो । मीशाको जन्म भएपछि चर्चा सुरु भएको थियो कि मीरा बलीउडमा डेब्यू गर्दैछिन् । 
 
मीराको फिल्म हेर्न प्रतिक्षामा रहेका उनका फ्यानहरुको प्रतिक्षा झन बढेको छ । खासमा हालैमा मीराले एक अन्तर्वार्तामा फिल्ममा डेब्यूको विषयलाई लिएर निकै उत्साहित गर्ने जवाफ दिएकी छिन् । मीराले भनिन्, 'मलाई पनि अब चाँडै आफ्नो काम गर्नुछ तर म केही क्रिएटिभ गर्नमा निकै इच्छुक छु । कामको साथ साथ मैले फेमिलीलाई पनि टाइम दिनुपर्छ ।' उनले अगाडि भनिन्, 'अब हामी चाँडै दोस्रो बच्चाको बारेमा पनि सोच्दैछौं ।'
 
यो त निकै खुशीको कुरा हो कि मीरा र शाहिद आफ्नो फेमिली बढाउने सोचमा छन् । मीराको यो जवाफबाट फ्यानहरु उनको फिल्मको प्रतिक्षामा नभएर अब दोस्रो बेबीको प्रतिक्षामा छन् । 
Most Visited News (monthly)