मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

'कृ'सँग जुध्लान् 'रुद्र प्रिया' र 'ऐश्वर्य' ?

मनिष अन्जान, काठमाण्डौ, 2017/07/03
यसवर्ष नेपाली फिल्मको सबैभन्दा ठूलो भिडन्त कात्तिकमा हुँदैछ । कात्तिक १ गते रमेश उप्रेतीको निर्माण र अभिनय रहेको फिल्म 'ऐश्वर्य' रिलिज हुँदैछ भने कात्तिक २ गते रेखा थापा र आर्यन सिग्देल अभिनित फिल्म 'रुद्र प्रिया' र कात्तिक ३ गते अनमोल केसी स्टारर फिल्म 'कृ' । एकदिनको अन्तरमा रिलिज हुन लागेका यी तीनवटै फिल्म कात्तिकको पहिलो साताबाट डगमगाउने तयारीमा छैनन् । बरु, जस्तो नतिजा आएपनि भिडन्त गर्न तयार देखिएका छन् । 
 
'कृ'ले केही दिन अगाडि फस्टलुक पोस्टर रिलिज गरेसँगै कात्तिक ३ गतेलाई औपचारिक रुपमा रिलिज घोषणा गर्‍यो । 'होस्टेल', 'जेरी', 'ड्रिम्स' र 'गाजलु'बाट युवापुस्ताका सर्वाधिक सफल नायकको रुपमा आफूलाई उभ्याएका नायक अनमोल केसीसँग 'रुद्र प्रिया' र 'ऐश्वर्य'ले भिड्ने आँट गर्लान् वा रिलिज पोस्टपोन्ड गर्लान् ? यसको प्रतिक्षा पनि अहिले खुबै भैरहेको छ । 
 
के अनमोलको 'कृ'सँग जुध्लान् 'रुद्र प्रिया' र 'ऐश्वर्य' ? यस विषयमा हामीले केही दिन अगाडि नायिका रेखा थापा र रमेश उप्रेतीसँग कुराकानी गरेका थियौं । रेखाले भनेकी थिइन्, 'मैले यसअघि नै कात्तिक २ गते लक्ष्मी पूजाको दिन 'रुद्र प्रिया' रिलिज गर्ने घोषणा गरेकी थिएँ । मेरो फिल्मसँग अरु कुन-कुन फिल्म रिलिज हुँदैछन् भन्ने भन्दा पनि 'रुद्र प्रिया' कसरी राम्रो बनाउने भन्नेमा अहिले मैले ध्यान दिएकी छु ।'
 
यस्तै, नायक रमेश उप्रेती भन्छन्, 'मैले कार्तिक १ गतेलाई फिल्मको रिलिज फाइनल गरेको थिए । र, 'ऐश्वर्य' कार्तिक १ गते नै रिलिज हुन्छ । सबैलाई आफ्नो स्वतन्त्रता छ जहिले जून मितिमा पनि आफ्नो फिल्म रिलिज गर्न पाउने । हामीले चाहिँ पहिला नै फिल्मको रिलिज घोषणा गरेका कारणले कार्तिक १ गते नै 'ऐश्वर्य' रिलिज गर्नेछौं ।'
 
के त्यसो भए कात्तिकको पहिलो साता तीन फिल्म नै रिलिज हुन्छन् ? पोस्टपोन्ड हुने संभावना छ वा छैन ? अब यो त विस्तारै थाहा हुँदै जानेछ । तर, कात्तिकमा हुने भनिएको यो महासंग्रामले अहिले सबैको ध्यान खिचेको छ । मल्टिप्लेक्समा आफ्नो राम्रो पकड बनाएका अनमोल केसी, सिंगलकी बादशाह मानिने रेखा थापा र सिंगल हलकै रमेश उप्रेतीका फिल्मले दर्शक आफ्नो पक्षमा पार्न गर्ने लडाई झन कति रोचक होला ? 
 
यसअघि अनमोल केसीको फिल्म 'ड्रिम्स'सँग रिलिज भएको फिल्म 'फूलै फूलको मौसम तिमी'लाई हेर्दा पनि के अनुमान लगाउन सकिन्छ भने अनमोलको फिल्मसँग अर्को फिल्म रिलिज हुनु भनेको ठूलै जोखिम मोल्नु हो । 'ड्रिम्स'को अगाडि फिल्म 'फूलै फूलको मौसम तिमी'लाई उठ्न नसक्ने गरि बसेको थियो । 
 
यति मात्र होइन फिल्म 'ड्रिम्स' रिलिजको बेला बलीउड नायिका प्रियंका चोपडा अभिनित फिल्म ‘जय गंगाजल’ रिलिज भएको थियो । नेपालमा पहिलो पटक नेपाली फिल्मले बलीउड फिल्मलाई विस्तापित गर्‍यो । अनमोलको अगाडि नेपालमा प्रियंका चोपडाको स्टारडमको समेत केही चलेन ।  
 
यो मितिमा आमिर खान अभिनित बलीउड फिल्म 'ठग अफ हिन्दूस्तान' र अजय देवगनको 'गोलमाल ४' पनि रिलिज हुने चर्चा छ ।