Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुशान्तकी पूर्व प्रेमिका गर्दैछिन् बलीउडमा डेब्यू

एजेन्सी, मुम्बई, 2017/07/05
सुशान्त सिंह राजपूतकी एक्स गर्लफ्रेन्ड अंकिता लोखन्डे चाँडै बलीउड फिल्ममा डेब्यू गर्दैछिन् । कंगना रनोटको फिल्म 'मणिकर्णिका-द क्वीन अफ झांसी'मा अंकिताले मुख्य भूमिका निर्वाहा गर्दैछिन् । 'कृष' डाइरेक्शनको निर्माणमा तयार भैरहेको यो फिल्ममा अंकिता झलकारी बाईको भूमिका निर्वाहा गर्दैछिन्, जो रानी लक्ष्मीबाईको निकै नजिक हुन्छिन् । 
 
आफ्नो भूमिकाको विषयमा अंकिताले भनिन्, 'मैँले झलकारीको बारेमा यसअघि कहिँले सुनेको थिइन् तर निकै खुशी छु कि म यो भूमिका निर्वाहा गर्दैछु ।' अंकिता टिभी शो 'पवित्र रिश्ता' बाट चर्चित भएकी थिइन् । यो शोबाट हात झिकेको तीन वर्षपछि अंकिताले बलीउड फिल्ममा डेब्यू गर्न लागेकी हुन् ।  
Most Visited News (monthly)