Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

'ग्याङस्टार ब्लुज'को ट्रेलरमा आशिरमानको एंग्री लुक्स

फिल्मीखबर, काठमाण्डौ, 2017/07/05
भाद्र २ गतलाई रिलिज कन्फर्म गरिएको नव-नायक आशिरमान देशराज श्रेष्ठ र नायिका आना शर्मा अभिति फिल्म 'ग्याङस्टार ब्लुज'को ट्रेलर रिलिज भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । 
 
ग्याङस्टार कथामा आधारित फिल्मको ट्रेलरमा आशिरमानलाई धमाकेदार एक्सन अवतारमा देख्न सकिन्छ । ट्रेलरमा आशिरमानको लुक्स आकर्षक छ । आना र आशिरमानको रोमान्स पनि ट्रेलरमा देख्न सकिन्छ । फिल्म 'होस्टेल'बाट निर्देशनमा डेब्यू गरेका हेमराज बीसीले निर्देशन गरेको 'ग्याङस्टार ब्लुज'मा आशिरमानलाई एंग्री योङम्यानको लुक्स प्रस्तुत गरिएको छ । 
 
ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्देशक हेमराज बीसीले 'ग्याङस्टार ब्लुज'लाई आफूले निर्देशन गरेका अन्य फिल्मभन्दा फरक बनाउने प्रयास गरेको बताए । नव-नायक आशिरमान देशराज श्रेष्ठले फिल्म 'ग्याङस्टार ब्लुज' आफ्नो करिअरको पहिलो खुड्कियो भएका कारण निकै मिहिनेत गरेको बताए । यस्तै, नायिका आना शर्माले पनि 'ग्याङस्टार ब्लुज'को स्क्रिप्ट चित्त बुझेपछि काम गरेको बताइन् । 
 
यो फिल्ममा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी पनि निर्माताको रुपमा रहेका छन् ।  यस फिल्मबाट डेब्यु गरेका अभिनेता आशिरमानलाई फिल्म क्षेत्रका लागि राम्रो सम्भावना बोकेका अभिनेताका रूपमा लिइएको छ ।  

Most Visited News (monthly)