.jpg)
केही दिन अगाडि नायिका नीशा अधिकारीले नेपाली क्रिकेट टिमका चर्चित क्रिकेटर शरद भेषावकरसँग लगनगाँठो कसिन् । झण्डै ५ वर्षसम्मको प्रेमसम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका थिए । शरद अगाडि नायिका नीशा अधिकारी गोपीकृष्ण हलका सञ्चालक उद्धव पौडेलका छोरा निरक पौडेलसँगको प्रेममा रहेको खबर सर्वत्र छ ।
निरकसँग डिभोर्स भएपछि नीशा शरदसँगको अफेयरम थिइन् । तपाईहरुलाई एउटा कुरा थाहा नहुन सक्छ निरक अगाडि नायिका नीशा नेपाल पर्वतारोहण महासंघका अध्यक्ष आङछिरिङ शेर्पाका छोरा दावा स्टेभेन शेर्पासँगको प्रेममा रहेको खबर बाहिरिएको छ । बुधवारको 'जन आस्था पत्रिका'ले यसको खुलासा गरेको हो । यति मात्र होइन प्रेममा रहँदा दावाले नीशालाई अपार्टमेन्ट र एक गाडी पनि दिएका थिए । दावाको प्रेममा रहँदै गर्दा नीशा निरकको मायाजालमा फसेकी थिइन् । त्यसबेला नीशाले दावाले दिएको अपार्टमेन्ट छाडेपनि गाडी भने साथै लिएर गएकी थिइन् ।
'जन आस्था पत्रिका'ले लेखेको छ, '२०७० सालमा दोस्रो संविधानसभा सदस्यमा मनोनित भएपछि नीशालाई दावाले छाडेका थिए । त्यसपछि गोपीकृष्ण हल सञ्चालक उद्धव पौडेलका छोरा निरक पौडेलसँग नीशा नजिकिइन् । जतिबेला सहाना बज्राचार्य र दावा स्टेभेन शेर्पा लिभिङ टुगेदरमा थिए, उनीहरुको सम्बन्ध टुट्नअघि नीशा मिल्ने साथी थिइन् । स्रोतका अनुसार, अहिले दावा र सहानाबीच सम्बन्ध राम्रो छैन् ।'
नायिका नीशाले क्रिकेटर शरदसँग विवाह गरेपछि अहिले दावा आफूले दिएको गाडी फिर्ता गरिदिए हुन्थ्यो भन्दै हिँडेका छन् । दावा अहिले नायिका नम्रता श्रेष्ठको प्रेममा छन् । खबर छ कि दावा र नम्रता चाँडै विवाह पनि गर्दैछन् ।

