Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

‘हामी शरणार्थी’ मा शिल्पा दुई सन्तानकी आमा

फिल्मीखबर, काठमाण्डौ, 2017/07/05
नायिका शिल्पा पोख्रेल अभिनित फिल्म ‘हामी शरणार्थी’ भाद्र ८ गतेबाट अल नेपाल प्रदर्शनमा आउने भएको छ । भुटानबाट लखेटिएर नेपालमा शरण लिएर बसेका शरणार्थीहरुको कथामा आधारित भएर निर्माण गरिएको फिल्म ‘हामी शरणार्थी’ नेपाली महिलाहरुको महान पर्व तीजलाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको हो । 
 
केरुङ् फिल्मस्को व्यानरमा निर्माण गरिएको फिल्मका निर्देशक विजय लिम्बु केरुङ हुन् । उनका अनुसार, फिल्मले भुटानी शरणार्थीले पाएको दुःख बोल्छ । फिल्ममा नायिका शिल्पा पोखरेलले दुई सन्तानकी आमाको भूमिकामा अभिनय गरेकी छिन् । उनीसँगै जिवन भट्टराई, प्रतिमा रसाईली, नयन घिमिरे, विक्रम श्रेष्ठ, प्रमिला उप्रेती, बालदीप राई र दिलीप योङहाङलगायतको अभिनय छ ।  
 
अर्जुनकुमार पोखरेल, प्रकाश भण्डारी र प्रकाश शिवाकोटीले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा कृष्णप्रसाद पोखरेल कार्यकारी निर्माता छन् । फिल्ममा हिमाल केसीको द्वन्द, उत्तमजंग लिम्बुको संगीत, कमल राईको नृत्य, बैजु सिंहको पटकथा र संवाद तथा सौरभ लामाको छायांकन छ । फिल्मको वितरक आरआर फिल्मस् हो ।
 
Most Visited News (monthly)