मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अशिष्मा अब 'जस्मिन', आर्यनसँग गर्नेछिन् रोमान्स

फिल्मीखबर, काठमाण्डौ, 2017/07/09
नायिका अशिष्मा नकर्मी अभिनित फिल्म 'राधे' यस वर्षको बैशाख १ गते रिलिज भएको थियो । 'राधे'मा अशिष्माको भूमिकालाई दर्शकहरुले निकै रुचाएका थिए । अब उनी अभिनित अर्को फिल्म 'संरक्षण' साउन २७ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ । 
 
केही समय सुस्ताएको देखिएपनि अशिष्माको व्यस्तता अब भने विस्तारै बढ्दै गएको छ । 'संरक्षण' रिलिज अगाडी नै नायिका अशिष्माको हातमा अर्को फिल्म परेको छ । फिल्मको नाम हो 'जस्मिन' । 
 
म्यूजिक लभस्टोरी बताइएको यो फिल्मबाट नायिका आशिष्मा निकै आशावादी छिन् । उनी भन्छिन्, 'जस्मिनले मेरो अभिनयको करिअरमा केही राम्रो गर्छ भन्ने लागेको छ । फिल्मको कथावस्तु उत्कृष्ट छ । मैले को-स्टार पनि निकै राम्रो पाएको छु । म ढुक्क छु 'जस्मिन' राम्रो फिल्म बन्नेछ ।' फिल्मलाई 'रोमियो' निर्देशक शंकर कार्कीले निर्देशन गर्नेछन् । 
 
असार अन्तिम साताबाट फ्लोरमा जाने तयारी भैरहेको यो फिल्ममा अशिष्मा नकर्मी र आर्यन अधिकारीको मुख्य भूमिका रहनेछ । नायक आर्यनले गएको वर्ष रिलिज भएको फिल्म 'के म तिम्रो होइन र' बाट नेपाली रजतपटमा पाइला राखेका थिए । योसँगै उनले 'करोडपति' र 'बटरफ्लाई'को छायांकन सकिसकेका छन् । आर्यन नेपाली फिल्मका आशलाग्दा नेपाली कलाकार हुन् ।