Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

प्रीतिको करिअर बचाउँदै सलमान

एजेन्सी, मुम्बई, 2017/07/08
बलीउडका दबंग स्टार सलमान खान चर्चित अभिनेत्री प्रीति जिन्टासँग फेरि काम गर्ने भएका छन् । सलमान आफ्नो साथीका लागि पूरै बलीउडमा प्रसिद्ध छन् । उनी जुनसुकै बेलापनि आफ्नो साथीको साथमा उभिने गर्छन । 
 
यस्तैमा सलमानले प्रीतिसँग फेरि फिल्ममा काम गर्ने भएका छन् । अहिले खबर बाहिर आएको छ कि सलमान प्रीति जिन्टासँग स्क्रिन शेयर गर्दै चाँडै ठूलो पर्दामा कमब्याक गर्दैछिन् । सलमान मात्र प्रीतिको बलीउड करिअर बचाउनका लागि यस्तो गर्दैछन् । 
 
प्रीति केही वर्षदेखि ठूलो पर्दाबाट टाढा छिन् ।  उनको अन्तिम फिल्म ‘इश्क इन पेरिस’ २०१३ मा रिलिज भएका थियो, जून सुपरफल्प भयो । यो फिल्ममा पनि सलमान प्रीतिसँग एक डान्स नम्बरमा देखिएका थिए । 
 
यो पहिलो पटक होइन जब कुनै साथीको फिल्मी करिअर बचाउनका लागि सलमान यस्तो काम गर्दै आइरहेका छन् । योभन्दा पहिला सलमान गोविन्दासँग फिल्म ‘पाटर्नर’मा काम गरिसकेका छन् । यो गोविन्दाको कमब्याक फिल्म थियो ।
 
Most Visited News (monthly)