मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.00/5.00)
Text size:-
+
-

‘धनपति’को दुईदिने कलेक्सन करोड ग्रस

फिल्मीखबर, काठमाण्डौ, 2017/07/08
हिजो शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको लेखक तथा कलाकार खगेन्द्र लामिछाने अभिनित फिल्म ‘धनपति’ ले अहिले सिनेमा हलहरुमा हाउसफूल विजनेश गरिरहेको छ । प्रदर्शनको पहिलो दिन शुक्रवार ८० प्रतिशत अकुपेन्सी रहेको फिल्मको दोस्रो दिन शनिवार ९० प्रतिशतभन्दा माथि अकुपेन्सी छ । फिल्मले मल्टिप्लेक्स र सिंगल दुवैतिर उतिक्कै दर्शकको साथ पाएको छ । 
 
निर्देशक दीपेन्द्र के. खनालले ‘फिल्मीखबर डटकम’सँग कुराकानी गर्दै भने, ‘आज देशभर फिल्म हाउसफूल छ । कुनै पनि मल्टिप्लेक्स र सिंगल हलमा एउटा सिट पनि खाली छैन । मल्टिप्लेक्सले आइतवारबाट झन शो बढाइरहेका छन् ।’ उनका अनुसार, फिल्मले पहिलो र दोस्रो दिन गरि अल नेपाल १ करोड २० लाखको आसपासमा विजनेश गरेको छ । 
 
उनले अगाडि थप्दै भने, ‘क्यूएफएक्समा हामीले ओपनिङ शो १३ वटा पाएका थियौं तर भोली आइतवारबाट १४ शो पाएका छौं । खासमा शुक्रवार र शनिवारको विहान र साँझको शो आइतवारबाट मल्टिप्लेक्सहरु घटाउने गर्छ तर हाम्रो भने झन बढेको छ ।’ उनका अनुसार, क्यूएफएक्स अन्तर्गत सबै मल्टिप्लेक्सहरुले आइतवारबाट फिल्मको शो बढाएका छन् । 
 
हामीले उनलाई प्रश्न गर्‍यौं कि ‘धनपति’ ‘पशुपतिप्रसाद’ भन्दा कमजोर भन्ने समिक्षालाई तपाई के भन्नुहुन्छ ? उनले उत्तर दिँदै भने, ‘केही समिक्षा त्यस्तो आएपनि दर्शकहरुबाट हामीले राम्रो प्रतिक्रिया पाएका छौं । फिल्म नराम्रो भएको भए हलमा शुक्रवार र शनिवार दर्शकहरुको चाप हुँदैन थियो । ९९ प्रतिशत दर्शकहरुलाई फिल्म मन परेको छ ।’ 
 
फिल्मको वर्ड अफ माउथले आइतवारबाट सिनेमा हलहरुमा दर्शकको चाप विस्तारै बढ्दै जाने निर्माण पक्षको विश्वास छ । आइतवार पनि मल्टिप्लेक्समा ‘धनपति’को अग्रिम बुकिङ आक्रामक छ । 
 
'पशुपतिप्रसाद'को सफलतापछि टुकी आर्ट्स प्रालिले दीपेन्द्र के. खनालको निर्देशनमा यो फिल्म निर्माण गरेको हो। खगेन्द्र लामिछानेको लेखन रहेको फिल्मको प्रमुख भूमिकामा पनि लामिछाने नै देखिएका छन् । 
 
खगेन्द्र लामिछाने बाहेक फिल्ममा सुरक्षा पन्त, आशान्त शर्मा, हरिहर शर्मा, मनिष निरौला, सुरभी बर्तौला, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ। 'धनपति'को सहायक निर्माता ओम गुरुङ, सह–निर्माता रजना नापित, समिर देवकोटा रहेका छन्। निर्माता भने रोजिना सिटौला रहेकी छन्।