Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रभासको फ्यान भए रणबीर

एजेन्सी, मुम्बई, 2017/07/08
बलीउड अभिनेता रणबीर कपूर अहिले आफ्नो नयाँ फिल्म 'जग्‍गा जासूस'लाई लिएर चर्चामा छन् । यो फिल्ममा रणबीर फरक लुक्समा देखिएका छन् । अभिनेता रणबीर कपूर दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभासको अभिनयको फ्यान भएका छन् । 
 
खासमा रणबीरसँग हालैमा उनलाई मनपर्ने कलाकारको विषयमा पत्रकारले प्रश्न गरे र उनले जवाफमा प्रभासको नाम लिए । यस विषयमा रणबीरले भने, ‘मलाई वास्तवमै प्रभासको काम मनपर्‍यो । म प्रभासको फ्यान भएँ ।' 
 
रणबीर अहिले आफ्नो नयाँ फिल्म ‘जग्गा जासूस’को प्रमोशनमा व्यस्त छन् । यो फिल्म १४ जुलाईमा रिलिज हुँदैछ । रणबीर ‘जग्गा जासूस’का सह-निर्माता पनि हुन् । अनुराग बासुले यसको निर्देशन गरेका हुन् । फिल्ममा कैटरीना कैफको पनि मूखय भूमिका छ छ ।  
Most Visited News (monthly)