Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कमाईमा आलियाको ‘राजी’ लाई उछिन्दै ‘स्त्री’

एजेन्सी, मुम्बई, 2018/09/25
बलिउड फिल्म 'मनमर्जिया' र 'बत्ती गुल मीटर चालू' को रिलिजपछि पनि ‘स्त्री’ ले बक्सअफिसबाट हट्ने संकेत देखाएको छ । चौथौं विकेन्डमा पनि राजकुमार राव र श्रद्धा कपूर स्टारर यो फिल्मले ६ करोड ४२ लाख कमाएको छ । 
 
अहिलेसम्म फिल्मको कुल कमाई ११९ करोड पुगेको छ । प्राप्त आँकडाबाट अनुमान लगाउन सकिन्छ कि पाँचौं हप्ताको अन्त्यसम्म यो फिल्मले १२५ करोड कमाउन सक्नेछ र आलिया भट्टको ‘राजी’ को रेकर्ड तोड्नेछ । 
 
 
‘राजी’ १ सय २३ करोड १७ लाखको कमाईसँगै यस वर्षको पाँचौं नम्बरमा छ । जबकि पहिलो नम्बरमा 'सञ्जू' (३४१.२२ करोड), दोस्रोमा 'पद्मावत' (३०२.५०), तेस्रोमा 'रेस ३' (१७५) र १६५ करोडको कमाईसँगै 'बागी २' चौथौं स्थानमा छ । 
 
यसका अलावा छैटौं नम्बरमा 'सोनू के टीटू के स्वीटी' (१०८.७१ करोड), सातौंमा 'गोल्ड' (१०७.७० करोड), आठौंमा 'रेड' (१०३.६७ करोड) र 'सत्यमेव जयते' ८९.९० कमाउँदै नवौं नम्बरमा छ । ट्रेड एनालिस्ट तरण आदर्शको ट्विट अनुसार, ‘स्त्री’ ले पहिलो हप्ता ६०.३९ करोड कमाएको थियो । 
 
फिल्मको निर्माण लागत मात्र २० करोड हो, जुन यो फिल्मले आफ्नो सुरुवाती ३ दिनमा कमाएको थियो । यो फिल्मलाई अमर कौशिकले निर्देशन गरेका हुन् । अपारशक्ति खुराना, पंकज त्रिपाठी र अभिषेक बर्नजीको पनि ‘स्त्री’ मा अभिनय छ । 
Most Visited News (monthly)