Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फूलपातीमा ‘जय भोले’, बाहिरियो पोस्टर

फिल्मीखबर, काठमाण्डौ, 2018/09/25
दशैंको फूलपाती अर्थात् असोज ३० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै अशोक शर्मा निर्देशित फिल्म ‘जय भोले’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । यसअघि यो फिल्म ‘छक्का पञ्जा ३’ सँग भिड्ने खबरले सिनेवृत तरंगीत बनेको थियो । 
 
आपसी समझदारी अनुसार ‘छक्का पञ्जा ३’ घटस्थापना र ‘जय भोले’ फूलपातीमा आउन तयार भएका हुन् । निर्देशक शर्माले अब फिल्मको प्रचारलाई तिव्र बनाउने बताए । पोस्टरमा फिल्मका अधिकांश कलाकार प्रस्तुत छन् । 
 
 
यस फिल्मको कथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्ममा उनी प्रमुख भूमिकामा छन् । स्वस्तिमा खड्का, सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ । 
 
ह्युमर तथा सोसल कमेडी ड्रामामा निर्मित ‘जय भोले’ को बजेट १ करोड ६० लाख बताइएको छ । निर्देशक शर्माको फिल्ममा निर्माण र अभिनय पनि छ । किरन शर्मा, कृति शर्मा र अंकित शर्माको निर्माण रहेको फिल्मको 'उम्लियो भने पोखिन्छ' गीत हिट भइसकेको छ । 
 
झापा र ईलाममा खिचिएको ‘जय भोले’ मा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी/कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ ।
Most Visited News (monthly)