मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11311 - 11316 of 21142
फिल्मीखबर, काठमाडौं, २०७३ पौष १, शुक्रवार

पुस २ गते हुने भनिएको निर्माता संघको चुनाव स्थगित भएको छ । निर्माता संघका केही असन्तुष्ट सदस्यले पुरानो हिसाब किताब फस्र्यौट नगरी साधारण सभा  गर्न नदिने जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि कार्यतालिका समेत निस्किसकेको निर्माता सघको चुनाव घोषित मितिमा हुन असम्भव भएको हो ।  तर निर्वाचन समितिले औपचारिक रुपमा चुनाव रोकिएको सूचना जारी गरेको छैन ।

फिल्मीखबर, काठमाडौं, २०७३ पौष १, शुक्रवार

देशसँगै विदेशमा पनि ‘जात्रा’ले सफलताको झन्डा गाड्ने क्रम जारी छ । विदेशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको फिल्म आउँदो जनवरीमा क्यानडामा पनि प्रदर्शन हुन लागेको छ । ‘जात्रा’ क्यानडाको रेजिना सास्काटचेवानमा ७ तारिखमा प्रदर्शनमा आउन लागेको हो ।

फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर ३०, बिहिवार
स्टार अभिनेताको छबि बनाएका निखिल उप्रेतीले नेपाली रजतपटमा डेब्यू गरेको 'पिँजडा'को नाम सापटी लिएर फिल्म बन्ने भएको छ । निखिल नै लिड अभिनयमा रहने गरी 'पिँजडा ब्याक अगेन' को निर्माण घोषणा गरिएको हो ।
फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर ३०, बिहिवार
न्यू कमर कास्ट रहेको फिल्म 'समर्पण' यहि पौष १५ मा रिलिज हुँदैछ । फिल्मबाट नव अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् रञ्जु शर्मा । उनै रञ्जु फिल्मीखबरसँगको कुराकानीमा केहि खुलिन् अनि रिलिजको पहिलो फिल्मलाई लिएर प्रफुल्लित देखिईन् ।
फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर ३०, बिहिवार
पछिल्लो बर्ष २०७२ को हिट फिल्म 'पशुपतिप्रसाद' निर्माता निर्देशकको दोस्रो टिमअपमा बन्दै गरेको फिल्म 'धनपती'को कास्टिङ लाईनअप पुरा भएको छ । निर्देशक दिपेन्द्र के खनालले अभिनेत्रीमा सुरक्षा पन्त अनुबन्ध भएसँगै सम्पुर्ण कलाकार फाइनल भएको बताए ।
एजेन्सी, मुम्बई, २०७३ मंसिर २९, बुधवार
वलिउड सुन्दरी सोनम कपुर पछिल्लो समय ब्वाइफ्रेण्डसँग राम्रै समय खर्च गरिरहेकी छिन् । दिल्लीका विजनेसमेन आनन्द अहुँजासँग रिलेशनमा रहेकी सोनम केहि दिन पहिले अमेरिकामा थिईन् । उनिहरु सँगै हुन्छन् हिड्छन् र घुम्छन् तर आफुहरु रिलेशनमा रहेको पब्लिकली खुल्दैनन् ।
Results : 11311 - 11316 of 21142