Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

इन्टु-मिन्टुलाई मन बसेको ‘थाहै भएन’ (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/09/24
इनिसियल बक्सअफिस आक्रामक रहेको अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता धिजर मगर स्टारर फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘थाहै भएन’ बोलको ओएसटीमा स्वप्न सुमनको स्वर, शब्द तथा संगीत छ ।
 
 
लण्डनमा खिचिएको गीतमा साम्राज्ञी र धिरज फिचर्ड छन् । 'लण्डनमा', 'उडायो हावाले', 'जुरायो जुरायो' र 'आई एम इन्टु...' गीत फिल्म अगाडि नै हिट भएको थियो । फिल्म रिलिज भएदेखि मेकिङ, लोकेशन र कलाकारको अभिनयको सबैभन्दा बढी प्रशंसा भइरहेको छ । 
 
रेनाशा वान्तवा राई निर्देशित फिल्मलाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज प्रस्तुत छन् । 
 
आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लन्डनमा’ का सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । फिल्मको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । 
 
प्रज्ज्वल र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा शैलेन्द्र धोज कार्कीको छायांकन, टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ । फिल्ममा अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा र रुवी राणाको पनि अभिनय छ । 
 
गीत हेर्नुहोस् :- 

Most Visited News (monthly)