Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

इमरान हाश्मीसँग दाँज्दा प्रमोद के भन्छन् ?

फिल्मीखबर, काठमाण्डौ, 2018/09/25
आउटसाइडर अभिनेता प्रमोद अग्रहरी जुनसुकै भूमिकामा फिट मानिन्छन् । डेब्यु फिल्म 'उमा' देखि उनले आजसम्म कहिल्यै एकैखाले चरित्र निभाएनन् । न दाई बन्न हिचकिचाए न भिलेन नै । यही कारण हो उनलाई भर्सटायल अभिनेता भन्ने गरिन्छ । 
 
उनलाई करिअरको सुरुवातदेखि मधेशी चरित्रले भने साथ छाडेको छैन । लुक्स र बोलीचालीका कारण उनलाई मधेशी चरित्रको ओहिरो लाग्नु अनौठो पनि होइन । तर, उनी आफू फरक भूमिका पनि निर्वाहा गर्न सक्ने तर्क पेश गर्दै आइरहेका हुन्छन् । 
 
 
सम्भवतः उनलाई फिल्म 'कथा काठमाण्डू' मा पहिलो पटक फरक चरित्रमा देख्न पाइनेछ । ट्रेलर र गीतबाट पनि यो अनुमान काट्न सकिन्छ । फिल्म असोज १२ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । ट्रेलर र गीतमा समेटिएको इन्टिमेट सिनका कारण फिल्मको रिलिज अगावै चर्को आलोचना भइरहेको छ । 
 
'रातको कुरा' बोलको गीतमा प्रमोद र अभिनेत्री प्रियंका कार्कीको इन्टिमेट सिनलाई धेरैले भल्गर भनेका छन् । ट्रेलरमा पनि दुई स्टार्सको उक्त सिन राखियो । चलचित्र विकास बोर्डले तत्काल अश्लिल ट्रेलर युट्युबबाट नहटाए कारबाही गर्ने भन्दै पत्र समेत काटेको थियो । 
 
ट्रेलर र गीत हेरेर फिल्मको मुल्यांकन गर्नेलाई सेन्सर बोर्डले गतिलै जवाफ दियो, जब निर्देशक संगीत श्रेष्ठको फिल्मले पिजी सर्टिफिकेट पायो । धेरैलाई थियो फिल्मले एडल्ट सर्टिफिकेट पाउँछ । अब भने फिल्मप्रति सकारात्मक सोच पलाउन थालेको छ । 
 
तर, अभिनेता प्रमोदलाई भने नेपालको इमरान हाश्मी भन्न थालेका छन् । उनी भने सबैको आ-आफ्नो बुझाई सम्झन्छन् । 'बलिउडमा इमरानमात्र होइन यस्तो खालको सिन गर्ने । राज कपुरदेखि नै चल्दै आएको हो । मलाई कसैसँग नदाँजिदिनुस् । म प्रमोद अग्रहरी नै ठिक छु', उनी भन्छन्,
 
उनले फिल्म 'कथा काठमाण्डू' ले समाजकै कथा बोलेको बताए । 'समाजमा दविएर बसेको महिला हिंसालाई जस्ताको त्यस्तै देखाउन खोजिएको छ । अहिले जति फिल्मलाई लिएर विरोध र आलोचना भइरहेको छ त्यो फिल्म रिलिजपछि हुनेछैन', उनले ठोकुवा गरे । 
Most Visited News (monthly)