Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का (फोटोफिचर)

फिल्मीखबर, काठमाण्डौ, 2018/09/25
 
लिड रोल होस् वा केमियो, आइटम गीत होस् वा लोक फ्लेवरको गीत, फिल्म होस् वा म्यूजिक भिडियो अभिनेत्री प्रियंका कार्कीको डिमान्ड जताततै छ । हालै उनले अभिनेता शुशील श्रेष्ठको लिड रोल रहेको फिल्म 'बादशाह जुट' को एक गीतमा ठुम्का लगाएकी छिन् । 
 
 
यो फिल्ममा उनी गीतमा मात्र देखिनेछिन् । सोमबार लोक फ्लेवरको एक गीत खिच्दै फिल्मको सम्पूर्ण छायांकन सकिएको छ । गीतमा प्रियंकासँग शुशील र आमिर गौतमले नृत्य गरेका छन् । उक्त फिल्मको प्रदर्शन मिति पनि निर्माण टिमले घोषणा गरेको छ । 
 
 
अंग्रेजी नयाँ वर्षको अवसर पारेर पौष १३ गतेबाट फिल्म रिलिज हुने निर्माता भोजराज श्रेष्ठले बताए । बैशाख १० गतेबाट छायांकन आरम्भ भएता पनि ६० दिनमात्र क्यामेरा अन भएको थियो । यो फिल्मलाई जोनी सिंह राणाले निर्देशन गरेका हुन् । 
 
 
निर्माता श्रेष्ठले दुई राजाको कथामा निर्माण भएको 'बादशाह जुट' को छायांकनमा आफूले कुनै पनि कुराको कमी हुन नदिएको बताउँदै फिल्म राम्रो बनेको विश्वास व्यक्त गरे । फिल्ममा रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावतलगायतको अभिनय छ । 
 
 
एच एण्ड बि फिल्मस् प्रा.लि. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.लि.को संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, विक्रम स्वाँरको कोरियोग्राफी, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ ।
Most Visited News (monthly)