Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो बन्यो ‘नालापानी’ को टिजर (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/09/27
भिएफएक्सको अधिक प्रयोग भएको फिल्म ‘नालापानी’ को अफिसियल टिजर लञ्च भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा टिजर सार्वजनिक गरिएको हो । टिजरमा मेकिङ लोभलाग्दो देखिन्छ । 
 
 
ब्याकग्राउन्ड स्कोर उस्तै उम्दा छ । टिजरले फिल्मको प्रतिक्षा गराउने पक्का छ । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो फिल्म निर्माण भएको हो । 
 
सो फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।
 
 
पद्मा कुमारी फिल्मस प्रा.ली. र गंगानारायण फिल्मस प्रालीको संयुक्त ब्यानरमा बनेको यस फिल्ममा मनोज शाक्य निर्माताको रुपमा रहेका छन् । रिमेश अधिकारी निर्देशित फिल्मको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । 
 
बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेल र बसन्त खत्री मगरले भिएफएक्स गरेको यस फिल्मलाई रामशरण उप्रेतीले छायांकन गरेका छन् । प्राचार्य रामराजा कुँवर र प्रा. डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’ मा ‘नालापानी’ आधारित छ । 
 
 
ज्ञानेन्द्र थपलिया कार्यकारी निर्माता रहेको फिल्मको सह-निर्मातामा गणेश कार्की छन् । सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर रहेको ‘नालापानी’ मा कविराज गहतराजको कोरियोग्राफी र रोशन श्रेष्ठको एक्सन छ । फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छैन । 
 
टिजर हेर्नुहोस् :-

Most Visited News (monthly)