Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आयो अमिताभ र आमिरको ‘ठग्स अफ हिन्दोस्तान’ ट्रेलर

एजेन्सी, मुम्बई, 2018/09/27
बलिउड सुपरस्टार अमिताभ बच्चन र आम‍िर खानले पहिलो पटक स्क्रिन साझेदारी गरेको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को ट्रेलर सार्वजनिक भएको छ । लामो समयदेखि यशराज फिल्म्सको यस फिल्मको ट्रेलरको व्यग्रताका साथ प्रतिक्षामा भइरहेको थियो । 
 
 
यश चोपडाको जन्मदिनमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर एक्सन र दमदार डाइलगबाट भरपूर छ । ट्रेलरमा भिएफएक्स जबर्जस्त देखिएको छ । ठूला-ठूला जहाज र कलाकारको लुक्सको अन्दाजले तपाईहरुलाई 'बाहुबली' को ग्रान्ड स्‍टाइलको याद दिलाउन सक्छ ।  
 
दिपावलीको अवसर पारेर ८ नोभेम्बरमा रिलिज हुन लागेको यो फिल्म फिलिप टेलर्सको उपन्यास ‘कन्फेशन अफ ठग्स’ मा आधारित छ । फिल्मको निर्देशन विजय कृष्ण आचार्यले गरेका हुन् । उक्त फिल्म तीन भाषामा रिलिज हुनेछ । 
 
हिन्दीसँगै फिल्मलाई तमिल र तेलुगूमा पनि डब गरिएको छ । फिल्ममा अमिताभ बच्चन (खुदाबक्श), आमिर खान (फिरंगी), फातिमा सना शेख (जफीर), कटरीना कैफ (सुरैया)  र लायड (जोन क्लाइव) को भूमिकामा छन् । 
 
‘ठग्स अफ हिन्दोस्तान’ को बजेट २ सय करोड बताइएको छ । यो यशराज ब्यानरको सबैभन्दा महँगो फिल्म हो । भिएफएक्स र सेट डिजाइनमा निकै पैसा खर्च भएको छ । यो पहिलो फिल्म हो जुन ठगको जिन्दगीलाई पर्दामा देखाइदैछ ।
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)