Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेरि सर्‍यो आकाशको ‘ड्रिम गर्ल’

फिल्मीखबर, काठमाण्डौ, 2018/09/27
फिल्म ‘रामकहानी’ पश्चात् पुनः पर्दामा फर्किन लागेका अभिनेता आकाश श्रेष्ठ स्टारर फिल्म ‘ड्रिम गर्ल’ को रिलिज डेट फेरि पोस्टपोन्ड भएको छ । गएको असार २९ पछि निर्माण टिमले फिल्मलाई असोज १९ गते ल्याउने कन्फर्म गरेको थियो । 
 
फेरि एकपटक प्राविधिक कारण देखाउँदै उक्त फिल्मको रिलिज मंसिर ७ गतेलाई तय गरिएको छ । निर्देशक ऋषिराज आचार्यले अब फिल्मको रिलिज फेरबदल नहुने बताए । ‘रामकहानी’ लगत्तै आकाशको नयाँ फिल्म आउँदा व्यापारमा असर पर्ने कुरालाई मध्यनजर गर्दै ‘ड्रिम गर्ल’ को रिलिज हेरफेर गरिएको खबर छ । 
 
 
यो फिल्ममा आकाशको अपोजिटमा आश्मा गिरी छिन् । फिल्ममा विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डितलगायतले अभिनय गरेका छन् । 
 
आरबि मुभीजको ब्यानरमा बनेको फिल्मको निर्मातामा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल छन । काठमाडौ, मुस्ताङ तथा थाइल्याण्डका बिभिन्न स्थानमा खिचिएको यस फिल्मको सह-निर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ । 
 
राहुल राईले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी छ । फिल्म नवीन निरौलाले सम्पादन गरेका हुन् ।
Most Visited News (monthly)