Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘राधा २’ मा आयुष्मान भित्रिए तर प्रियंका अनविज्ञ

फिल्मीखबर, काठमाडौं, 2018/10/01
अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको प्रेम फिल्म 'कथा काठमाण्डू' को सेटबाट झाँगिएको थियो । अब यी दुईको प्रेमले विवाहको रुप लिँदैछ । दुईको इन्गेजमेन्ट समेत भइसकेको छ । बिहे अर्को वर्षलाई तय गरिएको छ । 
 
प्रेम सम्बन्ध रहेदेखि आयाङ्क जोडीले सँगै केही फिल्म पनि गरे । हाल प्रदर्शनरत फिल्म 'कथा काठमाण्डू' सँगै 'एउटा यस्तो प्रेम कहानी' र 'चंगा चेट' आयुष्मान र प्रियंकाले अभिनय गरेका फिल्म हुन् । अब चाँडै दर्शकले यो कपललाई नयाँ फिल्ममा हेर्न पाउँदैछन् । 
 
 
दुई वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘राधा’ को दोस्रो सिरिजमा रियल कपल देखिन लागेको कुरा निर्देशक योगेश घिमिरेले आइतवार फिल्मीखबरसँग कुरा गर्दै पुष्टि गरे । आयुष्मानभन्दा अगाडि यो फिल्ममा प्रियंका अनुबन्ध भएकी थिइन् । 
 
आइतबार आफू अभिनीत फिल्म 'कथा काठमाण्डू' को स्पेशल शोमा उपस्थित भएकी प्रियंकाले ‘राधा २’ मा आयुष्मानको ईन्ट्री भएको कुरामा आफू अनविज्ञ रहेको बताइन् । 'आयुष्मानसँग मेरो १०-१२ दिनदेखि भेट र कुरा भएको छैन । थाहा छैन कहाँबाट यो खबर आयो', उनले भनिन् । 
 
उनका अनुसार, आयुष्मान केही दिनदेखि फोनमा नेटवर्क नहुने ठाउँमा पुगेका छन् । निर्देशकको तर्फबाट फिल्ममा रियल जोडीको अभिनय रहने पुष्टि भएपनि अब आयुष्मानबाट आधिकारिक जानकारी प्राप्त हुन बाँकी छ । फिल्मको छायांकन कात्तिक ८ गतेबाट सुरु हुँदैछ । 
Most Visited News (monthly)