Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

‘गुनगुन’ पोस्टरमा रविन्द्रसँग रोमान्टिक संचिता

फिल्मीखबर, काठमाण्डौ, 2018/10/01
 
आउँदो कात्तिक ३० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘गुनगुन’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य पात्रहरुलाई समेटिएको छ भने यसको कथासारलाई पनि झल्काउने प्रयास गरिएको छ । 
 
पोस्टर सार्वजनिक गर्दै फिल्मले प्रचारप्रसारलाई अगाडि बढाएको छ । यसमा प्रेमसँगै सामाजिक कथालाई पनि समेटिएको यसका निर्देशक पुकार भट्टाराईले बताएका छन् । पुराना कलाकार पुकारले यसै फिल्ममार्फत् निर्देशनमा डेब्यु गरेका हुन् । 
 
प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा संचिता लुइँटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारीलगायतको  अभिनय रहेको छ । फिल्ममा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन रहेको छ । 
Most Visited News (monthly)