Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कंचना’ को हिन्दी रिमेकमा अक्षय पक्का

एजेन्सी, मुम्बई, 2018/10/01
'ट्वाइलेट : एक प्रेम कथा', 'प्याडम्यान' र 'गोल्ड' जस्तो लिकबाट हटेर फिल्म दिएका बलिउडका मिस्टर खेलाडी अर्थात् अक्षय कुमार अब हरर-कमेडी फिल्म 'कंचना : मुनि २' मा देखिने भएका छन् । उनको यही जनराको फिल्म 'भूलभुलैया' ले पनि बक्सअफिसमा सफलताको झन्डा गाडेको थियो । 
 
 
'कंचना : मुनि २' तमिल हरर-कमेडी फिल्म हो । यसको हिन्दी रिमेकमा अक्षय कुमारलाई लिड हिरो लिइएको हो । भारतीय मिडियाका अनुसार,  शबीना खानले यो तमिल फिल्मको अधिकार हिन्दी रिमेकका लागि खरिद गरेकी छन् । शबीना सुपरहिट 'राउडी राठौर' फिल्मको पनि निर्माता हुन् । 
 
तमिल फिल्म 'कंचना : मुनि २' का डायरेक्टर, राइटर, प्रोड्यूसर र एक्टर राघव लारेन्स हुन् । हिन्दी भर्सनमा निर्माण हुने फिल्मको निर्देशन पनि उनले नै गर्ने बताइएको छ । अक्षय कुमारको लामो समयदेखि 'कंचना' को रिमेकलाई लिएर चर्चा भएको थियो । फिल्मकोे कन्सेप्ट ह्यूमरसँगै हरर हुनेछ । 
 
सलमान-सोहेलसँग भएको थियो कुरा 
 
डीएनएको सुत्रका अनुसार, 'कंचन' को रिमेकका लागि सबैभन्दा अगाडि सोहेल र सलमान खानलाई अप्रोच गरिएको थियो तर, कुरा मिल्न सकेन । यसपछि अजय देवगनसँग कुरा चल्यो तर, उनले पनि गर्न मानेनन् । अन्ततः अक्षयमा गएर प्रोड्यूसर शबीनाको खोज सकियो । 
 
'गोलमाल अगेन' र 'स्त्री' फिल्मले सय करोडको कारोबार गरेपछि बलिउडका प्रोड्यूसर्स र डाइरेक्टर्सको ध्यान हरर-कमेडी फिल्मतर्फ जान थालेकोे छ । यति मात्र होइन, ११ वर्ष अगाडि आएको फिल्म 'भूलभुलैया' ले पनि बक्सअफिमा १०८ करोडको कमाई गरेको थियो । यो पूर्णतया हरर-कमेडी नभएर साइकोलोजिकल थ्रिलर थियो । 
Most Visited News (monthly)