Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मणिकर्ण‍िका’ टिजरमा कंगनाको जबर्जस्त एक्सन

एजेन्सी, मुम्बई, 2018/10/02
 
बलिउड अभिनेत्री कंगना रनौतको नयाँ फिल्म 'मणिकर्ण‍िका : द क्वीन अफ झाँसी' को अफिसियल टिजर सार्वजनिक भएको छ । गान्धी जयन्तीको अवसरमा टिजर सार्वजनिक गरिएको हो । २०१९ जनवरी २५ मा फिल्म रिलिज हुँदैछ । 
 
टिजरमा कंगनाको जबर्जस्त एक्सन अवतार देख्न सकिन्छ । दुई मिनेटको टिजरको सुरुवात अमिताभ बच्चनको दमदार आवाजबाट हुन्छ । कंगनाले आफ्नो भूमिका रियल देखाउनका लागि कडा मिहिनेत गरेकी छन् । टिजरभन्दा अगाडि उनको कयौं लुक बाहिर आइसकेको थियो । 
 
‘मणिकर्ण‍िका’ को निर्देशन नेशनल अवार्ड विनर डाइरेक्टर कृष जगारला मुन्डीले गरेका हुन् । भारतीय मिडियाका अनुसार, ४५ दिनको सेड्युलमा फिल्मको केही भागको निर्देशन अभिनेत्री कंगान स्वंमले गरेकी हुन् । यो फिल्म रिलिजभन्दा अगाडि नै अनेकन विवादमा फसेको छ । 
 
टिजर हेर्नुहोस् :-

Most Visited News (monthly)