Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

पिता विरामी हुँदा निरुताले छाडिन् ‘लभ स्टेशन’

फिल्मीखबर, काठमाण्डौ, 2018/10/02
‘नाईं नभन्नू ल ५’ बाट अभिनयमा कमब्याक गरेकी अभिनेत्री निरुता सिंहको अहिले चरित्र अभिनेत्रीमा चर्को डिमान्ड छ । चाँडै उनी महसंचारको फिल्म 'दाल भात तरकारी' का लागि नेपाल ओर्लिदैछिन् । तर, एक फिल्मबाट भने हात झिकेकी छन् । 
 
उज्जवल घिमिरेको निर्देशन रहने फिल्म ‘लभ स्टेशन’ बाट निरुता बाहिरिएकी हुन् । यो फिल्ममा 'दर्पण छाँया' जोडी अर्थात् निरुता र उत्तम प्रधानको अभिनय रहने खबर थियो । हाल फिल्मको दार्जिलिङमा छायांकन भइरहेको छ । 
 
 
पिता विरामी भएका कारण निरुताले फिल्म गर्न नसकेकी हुन् । उनले रहर भएर पनि फिल्म गर्न नपाएकोमा दुःख पोखेकी छन् । यो फिल्ममा युवा स्टार प्रदप खड्का र 'लिलिबिली' गर्ल जसिता गुरुङ लिड रोलमा छन् । यसका निर्माता गोविन्द शाही हुन् । 
 
आलोक शुक्लाको छायांकन रहने फिल्ममा शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहनेछ । ‘लभ स्टेशन’ मा श्रद्धा क्षेत्री, सरोज खनाललगायतका कलाकारहरुको अभिनय रहनेछ । 
Most Visited News (monthly)