.jpg)
फिल्म ‘सत्या’ को मुहूर्तसँगै छायांकन आरम्भ भएको छ । केही दिन अगाडि मनकामना मन्दिरमा शुभ साइत गर्दै फिल्मको छायांकन सुरु गरिएको निर्देशक मिलन आलेले बताए । उनले यसअघि 'लक्ष्य' फिल्म निर्देशन गरेका थिए ।
धनेश्वर फिल्म एण्ड एभटाईजिङ्गको ब्यानरमा सुमन खत्री, जमुनादेवी कालाखेती र समिर श्रेष्ठको निर्माण रहने फिल्मले समसामयिक कथा वाचन गर्ने निर्देशक आलले बताए । सुमन तण्डुकारले फिल्म खिचिरहेका छन् ।
देब मर्हजनको द्वन्द्व, विकास चौधरीको संगीत रहेको फिल्म ‘सत्या’ मा राज कालाखेती, प्रिया शर्मा, करण सिंह बोहोरा, बर्ष थिङ्ग, समिर श्रेष्ठ, सुमन खत्री, तेजा ऐर, विकास थापालगायतको अभिनय रहनेछ ।

