Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋषिराजलाई हतार कि निर्माता भाग्ने डर ?

फिल्मीखबर, काठमाण्डौ, 2018/10/02
आफू निर्देशित वा निर्मित एक फिल्म रिलिज नहुँदै नयाँ फिल्म घोषणा गर्ने होड अचेल तिव्र गतिमा बढिरहेको छ । घोषणा गरिएका कति फिल्म बन्छन् त कति टिमभित्र असमझदारी पैदा हुँदा गर्भमै तुहिन्छ । यहाँ यस्ता उदाहरणका कमी छैनन् । 
 
मंगलवार ऋषिराज आचार्य निर्देशित तथा निर्मित फिल्म ‘ड्रिम गर्ल’ को ट्रेलर सार्वजनिक गरियो । साथै, नयाँ दुई फिल्मको घोषणा पनि गरिएको छ । 'चुरीफुरी' र 'द्रौपदी' नाम जुराइएको दुबै फिल्मलाई ऋषिराज स्वयमले निर्देशन गर्दैछन् । 
 
 
दुई फिल्मको हाल स्क्रिप्टको काम भइरहेको बताइएको छ । ‘ड्रिम गर्ल’ मा आकाश श्रेष्ठ र आश्मा गिरी लिड रोलमा छन् । नयाँ दुई फिल्ममा पनि दोहोरिने सम्भावना कति छ ? निर्देशकमाथि पत्रकारले प्रश्न गरे । उनले कथाले मागे फिल्म अप्रोज गरिने बताए । 
‘ड्रिम गर्ल’ को रिलिज दुईपटक पोस्टपोन्ड भएर अब मंसिर ७ मा रिलिज हुँदैछ । एक फिल्म रिलिज हुन नसकिरहेको अवस्थामा दुई फिल्म एकसाथ घोषणा गर्नु हतार भएन र ? पत्रकारको प्रश्नमा निर्देशक आचार्यले नयाँ फिल्मको घोषणा अहिले भएपनि ‘ड्रिम गर्ल’ रिलिजपछि मात्र फ्लोरमा जाने बताए । 
 
दक्षिण भारतको रिल एण्ड रियल सिनेमासँगको सहकार्यमा 'चुरीफुरी' र 'द्रौपदी' निर्माण हुनेछ । ‘ड्रिम गर्ल’ मा पनि यो कम्पनीको लगानी छ । कतै निर्माता लापत्ता हुने डरले निर्देशकको यो चुरीफुरी त होइन ? आशा गरौं, दुई फिल्म घोषणामा मात्र सीमित हुने छैन । 
Most Visited News (monthly)