४० दिनको छायाँकन पछि फिल्म 'पर्व'को सुटिङ प्याकअप भएको छ । निर्देशक दिनेश राउतले फिल्मका सबै दृश्य खिचि सकिएको फिल्मीखबरलाई बताए । तर एक गीतको केहि भाग भने छायाँकन बाँकी छ । संभवत उक्त गीत प्रमोशनल हुनसक्छ ।
यहि फागुन २७ बाट दर्शकमाझ आउँदै गरेको फिल्म 'दर्पण छायाँ २' को नयाँ गीत रिलिज भएको छ । रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले फिल्ममा समावेश नयाँ गीत गरेको हो ।
गोपालचन्द्र लामिछानेको निर्देशनमा बन्ने फिल्म 'लम्फू'को कास्टिङ लाईनअप पुरा भएको छ । यसअघि नै निर्देशक सुदर्शन थापा लिड अभिनयमा रहनेगरी फिल्मको छायाँकन सुरु हुँदै गर्दा काम नै रोकिएको थियो ।
फिल्म वितरक तथा निर्माता सुनिल मानन्धर पितृ शोकमा परेका छन् । मानन्धरका पीता श्याम बहादुर मानन्धरको आईतबार आफ्नै निजी निवास वालुवाटारमा निधन भएको हो ।
केहि दिन पहिले सार्वजनिक 'साइली' बोलको गीतले बजार पिट्यो । यतिबेला सामान्य चिया पसलदेखि तारे होटलसम्म यो गीतको चर्चा छ । कैयौं नेपालीहरुको पारिवारिक अनि सामाजिक पीडा बोलेको यो गीतले सामाजिक सञ्जालमा पनि उत्तिकै चर्चा पाईइरहेको छ । हप्ता दिनदेखि युट्युव ट्रेण्डिङमा नेपालमा एक नम्बर ओगटिरहेको छ ।
गत हप्ता रिलिज फिल्म 'डाइङ क्याण्डल' प्रदर्शनको दोश्रो हप्ता प्रवेश गरेको छ । रिलिज पहिले सम्पन्न प्रिमियरदेखि रिलिज पश्चात हेर्ने दर्शक सबैको मन जितेको फिल्मलाई नेपाली मल्टिप्लेक्समा दर्शकले वाहि दिईरहेका छन् ।