Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली कलाकारमा अमेरिका मोह किन ?

फिल्मीखबर, काठमाडौं, 2018/11/10
आम सर्वसाधारणलाई मात्र होइन पर्दामा देखिएका फिल्मका ठूला स्टारमा पनि अमेरिका मोह बढ्दो छ । नेपाली फिल्म क्षेत्रमा भविष्य सुरक्षित नदेखेपछि अमेरिकाको सुनौलो भविष्यले उनीहरुलाई लोभ्याएको छ । हरेक वर्ष दर्जन बढी कलाकार ग्रिनकार्ड बोकेरै अमेरिका हानिन्छन् । 
 
५ सयभन्दा बढी नेपाली कलाकारसँग ग्रिनकार्ड रहेको हालै एक खबर मिडियामा आएको थियो । अभिनेत्रीहरू अरुणिमा लम्साल, नन्दिता केसी, उषा पौडेल, ऋचा घिमिरे, रञ्जना शर्मा, पूजा चन्द, कृष्टि मैनाली, जल शाहलगायत बर्षौदेखि अमेरिकामा छन् । अभिनेत्री निशा अधिकारी पनि यो लिस्टमा अटाउँछिन् । 
 
यता अभिनेताहरू निरज बराल, सुवास थापा, मुकेश ढकाल, दिलिप रायमाझी, जीवन लुईटेल पनि अमेरिका बस्न थालेको लामै समय भइसकेको छ । अभिनेता सरोज खनाल भने जवानी अमेरिकामा विताएर बुढेसकालमा नेपाली प्रेम दर्शाउँदै फर्किए । अहिले उनी फिल्ममा सक्रिय छन् ।  
 
यी बाहेक थुप्रै कलाकार तथा फिल्मकर्मी अमेरिकामा छन् । कति स्थायी रूपमा अमेरिका बस्ने योजनामा छन् भने कति फर्किने तयारीमा पनि छन् । तर, जो जति छन् सबैको आँखा ग्रिनकार्डमा नै छ ।  यसको प्रमुख कारण फिल्म क्षेत्रमा भविष्य नदेख्नु नै हो । 
 
अमेरिकाको ग्रिनकार्ड छाडेर नेपाली फिल्ममा भविष्य बनाउने कलाकारै नभएका भने होइनन् । एक ज्वलन्त उदाहरण अभिनेत्री प्रियंका कार्की हुन् । उनी अहिलेकी सर्वाधिक डिमान्डेड अभिनेत्री हुन् । उनी लामै समय अमेरिका बसेकी थिइन् । तर, अहिले चटक्कै माया मारेकी छन् । अभिनेत्री करिष्मा मानन्धर र गौरी मल्ल पनि अमेरिका छाडेर नेपाल फर्कनेमा पर्छन् । 
 
प्रियंका जस्ता कलाकार भने निकै कम छन्, जो अमेरिकाको सुनौलो भविष्य माया मारेर नेपाली फिल्म क्षेत्रमा संघर्ष गर्न चाहन्छन् । जसले जति आदर्शका कुरा गरेपनि अन्ततः अधिकांश फिल्मकर्मीलाई अमेरिकाको ग्रिनकार्डको मोह विछट्टै छ । 
 
Most Visited News (monthly)