Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बलिउड कलाकारको सौख : कोही छतमा नुहाउने, कोही बाथरुममा खाना खाने

एजेन्सी, , 2018/11/10
पर्दामा देखिने फिल्म कलाकारहरु पर्दा पछाडि के गर्छन् ? कस्तो जिन्दगी जिउँछन् ? धेरैका लागि कौतुहलताको विषय हो । यसबीचमा बलिउडको एक न्यूज पोर्टलले केही नामुद बलिउड कलाकारहरुको बानी-व्यहोराको खुसाला गरेको छ । 
 
 
बलिउड भाष्करले लेखे अनुसार, अभिनेत्री सुष्मिता सेन छतमा नुहाउन सौखिन छिन् । त्यस्तै, अर्का कलाकर जितेन्द्र बाथरुममा खाना खान रुचाउँछन् । बिग बी अर्थात् अमिताभ बच्चनको सौख हातमा दुईवटा घडी बाँध्ने अनि कम्तिमा तीनवटासम्म मोबाईल बोक्ने छ । अभिनेता शाहरुख खान भने बिहान लगाएको जुत्ता दिनमा एक पटक मात्र खोल्न चाहन्छन् । 
 
यस्तै, प्रिती जिण्टाको सौख पनि ट्वाईलेट बाथरुम सफा मात्र खोज्छिन् रे ! होटलमा रुम लिँदा पनि बाथरुम चेक गरेर मात्र बुक गर्छिन् भनिन्छ ।  अभिनेता सैफ अली खान भने बाथरुमलाई सजाउन सौखिन छन् । उनले बाथरुममा नै लाईब्रेरी र टेलिफोनसम्म जोडेका छन् । अभिनेत्री सनी लियोनी भने कम्तिमा १५-१५ मिनेटमा नुहाउन चाहन्छिन् । 
Most Visited News (monthly)