Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संचिताको शैली: फिल्म नछाड्ने, तर प्रचारमा नहिँड्ने

फिल्मीखबर, काठमाण्डौ, 2018/11/08
सुटिङ सकिएपछि आफूलाई स्टार सम्झने कलाकारहरु हातबाट फुत्किएको माछा जसरी पछाडि हट्छन् । न प्रचारमा वास्ता छ न त फिल्म कहिले रिलिज हुन्छ भन्ने नै थाहा छ । कहिले त डबिङ पनि अरु नै कलाकारलाई गराउनु पर्ने निर्माता/निर्देशकलाई बाध्यता हुन्छ । 
 
एउटा निर्माताले कलाकार हेरेर फिल्ममाथि लाखौं लगानी खन्याएको हुन्छ । तर, कलाकार भने सुटिङ सकिएपछि आफ्नो धर्म सकिएको ठानिदिन्छन् । जसले निर्माताको बिल्लीबाठ भएको यहाँ प्रसस्तै उदाहरण छन् । नेपाली फिल्म व्यवसायिक नहुनुको पछाडि कलाकारको लापरवाही पनि एक हो । 
 
फिल्म गरेपछि प्रचारमा नाक मुख नदेखाउने अभिनेत्रीको लिस्टमा पर्छिन् संचिता लुईटेल । अभिनय करिअर ओझेल पर्दै गएपनि उनी हातमा फिल्म परिहाले छाड्दिनन् । तर, प्रचारमा अनुहार देखाउँदिनन् । नभए कात्तिक ३० गते प्रदर्शनमा आउने फिल्म 'गुनगुन' नै हेर्नुहोस् । 
 
न ट्रेलर रिलिज कार्यक्रममा उपस्थित भइन् न त अहिले प्रचारमा नै । फिल्मको टाइटल क्यारेक्टरमा नै उनी छिन् । तर, प्रचारमा निर्देशकले छाँया समेत देख्न पाएका छन् । टिमबाट फोन जाँदा उनी हरेक पटक घरायसी कामले काठमाडौं रहेको बताउँछिन् रे !
 
 
निर्देशक पुकार भट्टराई भने प्रचारमा देखिने आशमा उनको बचाउ गर्न छाड्दैनन् । भन्छन्, 'उहाँ काम विशेषले प्रचारमा हिँड्न नपाउनु भएको हो । उहाँ हिँड्न पाउनुभएको भए अझ राम्रो हुने थियो । सायद उहाँलाई प्रचारभन्दा महत्वपूर्ण आफ्नो काम भएको पनि हुनसक्छ । तर, हामी सधैं उहाँलाई प्रचारमा मिस गर्छौं ।'
 
गतिलो प्रचार भएन भने अचेल दर्शकलाई हलसम्म गाह्रो छ । निर्माता/निर्देशक हिँडेर फिल्मको प्रचारमा खासै ठूलो फाइदा पुग्दैन, किनकी उनीहरुलाई दर्शकले चिनेकै हुँदैनन् । कलाकारले एउटा कुरा बोले पनि हलमा दर्शक बढ्ने सम्भावना हुन्छ । संचितालाई भने यो कुराको कुनै प्रवाह नै छैन । 
 
फिल्म हिट भए श्रेय लिन तम्सिने कलाकार फ्लप भएपछि जस लिन समेत चाहँदैनन् । स्टार भनिने कलाकारबाटै निर्माता/निर्देशकले पाउनु दुःख पाएका छन् । हातमा आएको फिल्म नछाड्ने तर प्रचारमा नहिँडने बानी आफ्नो लागि पनि घातक हो । फिल्म फ्लप भए घाटा त आफूलाई पनि हुन्छ । अभिनेत्री संचिताले पनि यो कुरा बुझ्ने कि ? 
Most Visited News (monthly)