Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'जात्रै जात्रा' टीजर रिलीज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/11/10
काठमाण्डौ। सफल फिल्म 'जात्रा'को सिक्लेव 'जात्रै जात्रा'को टिजर रिलीज भएको छ । बलीउड फिल्म 'ठग्स अफ हिन्दुस्तान' रिलीजसँगै हलहरुमा रिलीज गरिएको टीजर शनिवार यूट्युबमा सार्वजनिक गरिएको छ ।
 
'जात्रै जात्रा'मा दयाहांग राई, बिपिन कार्की, बर्षा राउत, रबिन्द्रसिंह बानिया, रविन्द्र झा लगायतको प्रमूख भूमिका छ । 'जात्रा'मा भने दयाहांगको अभिनय थिएन । टीजरमा जात्राको बेलामा भागिरहेका तीन कलाकारहरु दयाहाङ राईको जालमा परेको देखाईएको छ ।
 
प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्मको निर्माताको रुपमा सिंगे लामा र यादव पौडेल रहेका छन् भने कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् । यो फिल्म फागुन १७ गते देखी प्रदर्शनमा आउने जनाईएको छ ।
 
टीजर:

Most Visited News (monthly)