Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आशिरको काखमा शिल्पा : ‘दि ब्रेकअप’ पोस्टर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2018/11/07
 
'गाजलु' फेम्ड निर्देशक हेमराज बिसी निर्देशित नयाँ फिल्म 'दि ब्रेकअप' को हालै युट्युब रिलिज भएको 'आज हाम्रो' बोलको गीतले राम्रो हाइप बनाएको छ । १० लाखको नजिक भ्यूअर्स रहेको गीतलाई सकारात्मक प्रतिक्रिया मिलेको छ । यस्तैमा हरेक नेपाली घरमा लक्ष्मी भित्राउन व्यस्त रहँदा निर्माण टिमले फर्स्टलुक पोस्टर रिलिज गरेको छ । 
 
आगामी पौष २७ गते दर्शक भेट्न तयार रहेको फिल्मको सार्वजनिक पोस्टरमा लिड अभिनेता आशिरमान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केलाई रोमान्टिक मूडमा देख्न सकिन्छ । शिल्पा, आशिरको काखमा देखिएकी छिन् । बाँकी लिड कलाकारलाई भने पोस्टरमा स्थान दिइएको छैन । 
 
फिल्ममा आशिर र शिल्पासँगै इच्छा कार्की, रेमनदास श्रेष्ठ, सरोज खनाल लिड अभिनयमा छन् । फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । यो फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका हुन् । 
 
नेपाल र अष्ट्रेलियामा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक बिसीको नै हो । फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । यसअघि निर्देशक हेमराजले अभिनेता आशिरमानलाई लिएर 'ग्याङ्गस्टर ब्लूज' बनाएका थिए, जुन बक्सअफिसमा सफल भएन । दोस्रो सहकार्य कति फलिफाप होला ? प्रतिक्षा गरौं । 
Most Visited News (monthly)