Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

काठमाडौंमा ‘छक्का पञ्जा’ मल्टीप्लेक्स खोल्दै दीपक-दीपा

फिल्मीखबर, काठमाण्डौ, 2019/04/24
दर्शकले आँखा चिम्लिएर विश्वास गरेको दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले आजसम्म असफलता भोग्नु परेको छैन । टेलिभिजनबाट विश्राम लिएपछि उनीहरु '६ एकान ६' मार्फत् फिल्म निर्माणमा होमिएका थिए । जेनतेनले निर्माण गरेको डेब्यू फिल्म नै हिट भएपछि उनीहरुले फिल्म निर्माणलाई रोकेका छैनन् । हरेक वर्ष एक ब्लकबस्टर फिल्म दिइरहेका छन् । 
 
गएको तीन वर्षमा 'छक्का पञ्जा' को तीन सिरिज लिएर आएको दीपक-दीपा टिमले यस वर्ष बाहिरी ब्यानरसँग सहकार्य गरेर नयाँ नाममा दुई फिल्म निर्माण गर्दैछ । निर्माता रोहित अधिकारीको एकल लगानी रहने फिल्म 'छ माया छपक्कै' मा ५० प्रतिशत मुनाफा लिने सर्तमा उनीहरुको टिमअप भएको छ । बैशाख अन्तिमबाट छायांकन सुरु हुने यो फिल्म दशैंमा प्रदर्शनमा आउँदैछ । 
 
यो फिल्मपछि दीपक-दीपा टिमले ६० प्रतिशत मुनाफा लिने सर्तमा 'झ्यानाकुटी' निर्देशक सिमोस सुनवारको एकल लगानी रहने अनटाइटल प्रोजेक्टमा सहकार्य गर्दैछ । अर्को वर्ष मात्र उनीहरु 'छक्का पञ्जा' को चौथो सिरिज लिएर आउने तयारीमा छन् । फिल्म निर्माणसँगै हास्यकलाकारहरुको जम्बो टिम चाँडै राजधानीमा मल्टीप्लेक्स हल पनि सञ्चालनमा ल्याउने तयारीमा छ । 
 
दुईभन्दा बढी स्क्रिन हुने मल्टीप्लेक्सको नाम ‘छक्का पञ्जा’ राखिएको छ । यसअघि यो नाममा मोफसलमा मल्टीप्लेक्स हल सञ्चालनमा ल्याउने दीपक-दीपा समुहको तयारी थियो । अब काठमाडौंमै मल्टीप्लेक्स निर्माणको योजना अगाडि बढाइएको छ । मोफसलमा तत्काल लगानी गर्नु जोखिम हुने ठानेर राजधानी रोजेको दीपकराजले बताएका छन् । 
 
मानिसहरुको बढी चहलपहल हुने मल हेरेर मल्टीप्लेक्स हल सञ्चालनमा ल्याउने उनले जानकारी दिएका छन् । उनका अनुसार, ‘छक्का पञ्जा’ मल्टीप्लेक्स संयुक्त लगानीमा निर्माण हुनेछ । दीपकराजले इच्छुकसँग हल निर्माणमा सहकार्य गर्न सकिने बताए । यही शुक्रवार उनको टिमले निर्माण गरेको फिल्म 'छक्का पञ्जा २' दोस्रो पटक हलमा प्रदर्शनमा आउँदैछ । 
Most Visited News (monthly)