Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कुटुमा कुटु’ लाई नेपालको जनसंख्याभन्दा तीन गुणा बढी भ्यूज

फिल्मीखबर, काठमाण्डौ, 2019/04/23
नेपालको जनसंख्‍या करिब ३ करोड नजिक छ । यसमध्ये एकदेखि डेढ करोड जनसंख्या मात्र इन्टरनेटको पहुँचमा छ । तर, गायक, संगीतकार तथा गीतकार राजनराज सिवाकोटीले तयार पारेको ‘कुटुमा कुटु’ गीतले नेपालको जनसंख्याभन्दा तीन गुणा बढी भ्यूज इन्टरनेटमा बटुल्न सफल भएको छ । अर्थात् गीतलाई युट्युब रिलिजको एक वर्षमा १० करोडभन्दा बढी पटक हेरिएको छ । 
 
 
आजसम्म कुनै नेपाली गीतलाई युट्युबमा १० करोड पटक हेरिएको रेकर्ड छैन । ‘कुटुमा कुटु’ ले एतिहासिक रेकर्ड बनाएको छ । यस गीतले पाएको सर्वाधिक भ्यूजलाई संगीतकर्मीले एतिहासिक क्षण बताएका छन् । यो रेकर्ड तोड्न नेपाली गीतलाई निकै समय लाग्ने देखिन्छ । ‘कुटुमा कुटु’ १० करोड पटक हेरिने पहिलो गीत बनेकोमा गायक तथा संगीतकार राजनराजले दर्शकलाई धन्यवाद दिएका छन् । 
 
यो गीत फिल्म ‘दुई रुपैयाँ’ मा समावेश छ । गीतले झैँ फिल्मले बक्सअफिसमा रेकर्ड नबनाए पनि पैसा भने राम्रै छापेको थियो । यो गीतका कारण पनि फिल्मको इनिसियल बक्सअफिस बलियो देखिएको थियो । ‘कुटुमा कुटु’ गीतमा राजनलाई गायिका मेलिना राईले गायनमा साथ दिएकी छन् । प्रायः राजनराजले तयार गरेका फिल्मका गीतले युट्युबमा करोड भ्यूज बटुलेका छन् । 
 
१० करोड भ्यूज बटुलेको यस गीतमा अभिनेत्री स्वस्तिमा खड्कासँगै अभिनेता द्वय निश्चिल बस्नेत, आसिफ शाह र बुद्धि तामाङले ठुम्का लगाएका छन् । यो गीतमा ठुम्का लगाएर लाइमलाइटमा आएकी स्वस्तिमा अहिले नेपाली फिल्मकी डिमाण्डेड अभिनेत्रीमा पर्छिन् । यो गीतकै कारण उनको धरमराएको फिल्म करिअरले गति लिएको थियो । यस गीतका गीतकार राजनराज स्वयं हुन् । 
 
गीत हेर्नुहोस् :-

 

Most Visited News (monthly)