Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिहे अगावै पिता बन्दै अर्जुन रामपाल

एजेन्सी, मुम्बई, 2019/04/24
 
बलिउडमा अभिनेता वा अभिनेत्रीहरु विवाहभन्दा अगाडि नै माता-पिता बन्ने चलन निकै पुरानो हो । हालै बाहिरिएको खबरअनुसार, बलिउड अभिनेता अर्जुन रामपालकी गर्लफ्रेण्ड ग्याब्रिएला डेमेट्रिएडस आमा बन्दैछिन् । अर्जुनले गत वर्ष पत्नी मेहरसँग २० वर्ष लामो सम्बन्ध टुंग्याएका थिए । अब उनकी गर्लफ्रेण्ड विवाह अगाडि नै आमा बन्दैछिन् ।  
 
डेमेट्रिएडसले अर्जुनसँगको एक तश्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छन् । यसमा अर्जुन, ग्याब्रिएलाको निधारमा चुम्बन गर्दै देखिएका छन् । तश्बिरमा ग्याब्रिएलाको बेबी बम्प पनि देखिएको छ । उनले क्याप्सनमा लेखेकी छन्, 'तिमीहरु दुई साथ हुनुको खुसी महशुस गरिरहेको छु । अब तिमीलाई मिल्ने व्यग्र प्रतिक्षा छ ।'
 
अर्जुनले पनि आफ्नो इस्टाग्राममा ग्याब्रिएलासँगको एक प्रेमिल 'ब्ल्याक एण्ड व्हाइट' तश्बिर साझेदार गरेका छन् । उनले तश्बिरसँगै क्याप्सनमा लेखेका छन्, 'म भाग्यमानी हुँ कि, तिमी मलाई मिल्यौ र एक नयाँ सुरुवात भयो । धन्यवाद बेबी यो बेबीका लागि ।' पूर्वपत्नी मेहरसँग टाढिए पनि अर्जुन छोरीसँग भने निकै नजिक छ । 
 
२००१ मा आएको फिल्म 'प्यार, इश्क और मोहब्बत' बाट उनले बलिउडमा डेब्यू गरेका थिए । डेब्यूसँगै उनलाई अन्तर्राष्ट्रीय भारतीय फिल्म एकेडेमीबाट 'फेस अफ द ईयर' को अवार्ड दिइएको थियो । २००७ मा शाहरुख खानको डबल रोल रहेको फिल्म 'ओम शान्ति ओम' मा उनले एक दमदार भिलेनको भूमिका निभाएका थिए । उनको पछिल्लो फिल्म 'पलटन' हो । 
Most Visited News (monthly)