Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘प्रेमगीत ३’ मा क्रिस्टिना बन्ने भइन् ‘गीत’

फिल्मीखबर, काठमाण्डौ, 2019/06/30
अन्ततः यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ मा ‘गीत’ को भूमिकाका लागि अभिनेत्रीको टुंगो लागेको छ । अमेरिकामा बस्दै आएकी क्रिस्टिना गुरुङ खड्कालाई निर्माण टिमले आइतबार लिड अभिनेत्रीमा अनुबन्धित गरेको छ । उनी फिल्मको अडिसनका लागि अमेरिकाबाट नेपाल आएकी थिइन् । अब, उनले यस फिल्ममा अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्नेछिन् । 
 
 
निर्माण टिमले ‘प्रेमगीत ३’ मा ‘गीत’ क्यारेक्टरका लागि अडिसन आह्वान गरेको थियो, जसमा २७ सय बढीले आवेदन दिएका थिए । त्यसमध्ये २५ जना युवती उत्कृष्ट २५ को ‘सर्टलिस्ट’ मा परेका थिए । उनीहरुमध्ये अभिनय क्षमता, लुक्स, उचाई र सुन्दरताको हिसाबले ‘गीत’ क्यारेक्टरमा क्रिस्टिना परफेक्ट भएकाले छनोट गरिएको निर्माता सन्तोष सेनले बताए । दर्शकले पनि प्रदीपसँग क्रिस्टिनाको जोडी सुहाउने प्रतिक्रिया दिँदै आएका थिए । 
 
 
आइतबार ‘गीत’ क्यारेक्टरमा क्रिस्टिना फाइनल भएको घोषणा गर्दै निर्माण टिमले उनको क्यारेक्टर पोस्टर पनि सार्वजनिक गर्दैछ । प्लस टुसम्मको अध्ययन नेपालमा नै सकेर अमेरिका गएकी उनी बाल्टिमोर युनिभर्सिटीमा आइटी बिषयमा स्नातक गर्दैछिन् । परिवारसँग अमेरिकामा बस्दै आएकी उनले केही म्यूजिक भिडियोमा अभिनय समेत गरिसकेकी छन् । लामो समयदेखि ‘गीत’ क्यारेक्टरलाई लिएर दर्शकमा निकै कौतुहलता थियो । 
 
 
क्रिस्टिना 'गीत' पात्रमा अनुबन्ध भए पनि बाँकी २४ जना अयोग्य नभएको निर्माता सेन बताउँछन् । उनी भन्छन्, 'यो कुनै प्रतिस्पर्धा थिएन र यहाँ सहभागिता जनाएका २५ जना सबै समान प्रतिभाशाली थिए । हामीले मात्र फिल्मको कथाअनुसार सुहाउँदो 'गीत' को खोजी गरेका हौं । यो कुरा सबैले बुझ्न जरुरी छ ।' उनले आशुसेन फिल्मस्को आगामी फिल्ममा कथाअनुसार सुहाउँदो पात्र भेटे 'प्रेमगीत ३' मा छनोट नभएका २४ जनामा कोही रहन सक्ने पनि बताए । 
 
 
चैत २८ मा रिलिज हुने ‘प्रेमगीत ३’ लाई छेतेन गुरुङ र निर्माता सन्तोष सेनले मिलेर निर्देशन गर्दैछन् । छेतेन र मन्दिप गौतमले फिल्मको कथा तयार पारेका छन् । ‘प्रेमगीत ३’ पहिलो र दोश्रो संस्करणभन्दा निकै ठुलो स्केलमा निर्माण हुने र नेपाली फिल्म क्षेत्रकै एउटा उदाहरण बन्ने निर्माण पक्षको विश्वास छ । फिल्ममा शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, अनुभव रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । 
 
हेर्नुहोस् क्रिस्टिनाले दिएको अडिसनको भिडियो :-

Most Visited News (monthly)