Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुस्मिताको प्रेमीसँग ब्रेकअप ?

एजेन्सी, मुम्बई, 2019/06/29
 
हालै अभिनेत्री सुस्मिता सेन आफ्नो भाईको विवाहलाई लिएर चर्चामा रहेकी थिइन् । विवाह समारोहमा उनी आफ्नो प्रेमी रोहमन शलसँग देखिएकी थिइन् । दुईले सोसल मिडियामा कयौं रोमान्टिक तश्बिरहरु साझेदार गरेका थिए । तर, दुईको सम्बन्धलाई लिएर चकित बनाउने खबर बाहिर आएको छ । प्रायः मिडियाले सुस्मिता र रोहमनको ब्रेकअप भएको दाबी गरेका छन् । 
 
यो ब्रेकअप सुस्मिताको भाई राजीव सेनको विवाह लगत्तै भएको हो । केही महिना अगाडि सुस्मिता आफैंले रोहमनसँगको रिलेशनसिप घोषणा गरेकी थिइन् । तबदेखि यी दुईले कहिले रोमान्टिक तश्बिर त कहिले कमेन्टको माध्यमबाट एकअर्काप्रति प्रेम अभिव्यक्त गरिरहेका थिए । अब, दुईको प्रेममा पूर्णविराम लागेको भारतीय मिडियाले बताएका छन् । 
 
हालै रोहमनले आफ्नो इन्स्टाग्राम स्टोरीमा केही यस्तो कुरा लेखेका छन्, जसबाट अनुमान लगाउन गाह्रो पर्दैन कि सुस्मितासँग उनको सम्बन्ध राम्रो छैन । उनले लेखेका छन्, 'हो, म तिमीसँग नै कुरा गरिरहेको छु । के कारण छ तिमीले मलाई दिक्क बनाइरहेको छौं । कम अन, म अर्को २४ घण्टासम्म तिम्रो कुरा सुन्न तयार छु । कुरा गर मसँग । चिन्ता नगर, यो कुरा केवल तिमी र मसँग मात्र सीमित रहनेछ । कुरा गर मसँग ।'
 
सुस्मिताले भने प्रेमी रोहमनलाई सोसल मिडियामा फलो गर्न बन्द गरेकी छन् । सुस्मिता र रोहमनको भेट एक फेशन शोको क्रममा भएको थियो । लामो समय एकअर्कासँग डेट गरेपछि दुईले सोसल मिडियामा एक तश्बिरको माध्यमबाट रिलेशनसिपको घोषणा गरेका थिए । भाईको विवाहपछि सुस्मिता पनि विवाह गर्ने सोचमा थिइन् । तर, उनले न विवाह न त ब्रेकअपको बारेमा नै कुनै जवाफ दिएकी छन् । 
Most Visited News (monthly)