Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘बुलबुल’ का चोपेन्द्रसँग रोमान्स गर्दै केकी

फिल्मीखबर, काठमाण्डौ, 2019/07/09
 
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ मा जीवन्त अभिनय पस्किएका चोपेन्द्र उर्फ मुकुन भुषालले दोस्रो फिल्म ‘झिँगेदाउ’ मा अभिनेत्री केकी अधिकारीसँग रोमान्स गर्ने भएका छन् । पुराना निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने फिल्ममा अभिनेत्री केकी केही दिन अगाडि भित्रिएकी हुन् । मुकुन भने गएको महिना नै अनुबन्ध भएका थिए । 
 
फिल्ममा धेरै मेहनत र जीवन्त अभिनय गर्ने कलाकार चाहिएकाले केकी र मुकुनलाई लिएको निर्देशक देउजाले बताएका छन् । बाँकी कलाकारको छनोट कार्य भइरहेको उनले बताए । साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित भएर ‘झिँगेदाउ’ निर्माण हुन लागेको हो । भदौबाट फिल्मको छायांकन सुरु हुनेछ । 
 
कपन गढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्मलाई निर्देशक ज्ञानेन्द्र स्वयंले निर्माण गर्दैछन् । सिन्धुली, खोटाङ, दोलखा र काठमाडौंमा छायांकन हुने फिल्मको टाइटल लोगो निर्माण टिमले यसअघि नै सार्वजनिक गरिसकेको छ । विष्णु कल्पितले खिच्ने फिल्ममा पासाङ टी शेर्पा कला निर्देशकको रुपमा रहेका छन् । 
 
फिल्मका गीतमा संगीत भर्ने जिम्मेवारी अर्जुन पोखरेलको काँधमा छ । पटकथा एवं संवाद प्रदीप भारद्धाजले तयार पारेका छन् । एक जमाना एकसेएक हिट फिल्म दिएका निर्देशक हुन्, ज्ञानेन्द्र । 'रक्षक', 'करुक्षेत्र', 'देवर बाबु', 'हामी ट्याक्सी ड्राइभर' लगायतका फिल्म निर्देशन गरिसकेका उनी फिल्म 'वुद्ध वर्न इन नेपाल' पछि निर्देशनमा फर्किएका हुन् । 
Most Visited News (monthly)