Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सत्ते पे सत्ता’ को रिमेकमा दीपिका र ऋतिक

फिल्मीखबर, मुम्बई, 2019/07/10
 
बलिउड अभिनेत्री दीपिका पादुकोणले हालैमा फिल्म 'छपाक' को छायांकन पूरा गरेकी छन् । उता, अभिनेता ऋतिक रोशन अहिले नयाँ फिल्म 'सुपर ३०' को प्रमोसनमा छन् । यसबीच, यी दुईको हातमा एक अर्को ठूलो फिल्म आएको छ । पहिलो पटक ऋतिक र दीपिका एकसाथ स्क्रिनमा देखिने भएका छन् । 
 
एक रिपोर्टका अनुसार दीपिका र ऋतिकले निर्देशक फराह खानको नयाँ फिल्ममा साथमा काम गर्न लागेका हुन् । निर्देशक तथा निर्माता रोहित शेट्टीले निर्माण गर्ने फिल्म ‘सत्ते पे सत्ता’ को रिमेकमा दुईले स्क्रिन साझेदार गर्न लागेको जानकारी प्राप्त छ । यद्यपि, यस विषयमा निर्माण टिमले कुनै जानकारी दिएको छैन । 
 
रिपोर्टका अनुसार फिल्ममा ऋतिक रोशन ‘सत्ते पे सत्ता’ का लिड अभिनेता अमिताभ बच्चनको भूमिकामा देखिनेछन् । भने, दीपिका हेमा मालिकीको भूमिकामा प्रस्तुत हुनेछिन् । हेमाले निभाएको भूमिका दीपिकालाई फिट हुने भएका कारण फराह र रोहितले उनलाई लिने निर्णय लिएका हुन् । 
 
जब दीपिकाले फिल्ममा डेब्यू गरेकी थिइन्,, तब सबैले उनी र हेमाबीच धेरै कुरामा समानता रहेको बताएका थिए । जब फराहले दीपिकालाई फिल्मको कहानी सुनाइन्, तब उनलाई निकै मनपर्‍यो र तुरुन्तै फिल्म गर्न राजी भएकी थिइन् । अहिले उनी फिल्म '८३' मा व्यस्त छिन् । यसमा उनले रणवीर सिंहसँग रोमान्स गर्दैछिन् । 
Most Visited News (monthly)