Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

म कम्प्रमाइज गरेर काम गर्दिनँ : आलोक शुक्ला

मनिष अन्जान, काठमाडौं, 2019/07/09
सन् २००४ मा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटीआईआई) मा चार वर्ष ‘सिनेम्याट्रोग्राफी’ को कोर्ष लिएका आलोक शुक्ला अहिले नेपाली फिल्मका डिमान्डेड छायाँकार मध्येका एक हुन् । दर्जन बढी बलिउड र मराठी फिल्ममा सहायक छायाँकारको रुपमा काम गरेका उनले निर्माता सुनिल रावलको फिल्म ‘लाउरे’ बाट नेपाली फिल्म क्षेत्रमा औपचारिक रुपमा छायाँकारको रुपमा प्रवेश गरेका थिए । यद्यपि, यो फिल्म अहिलेसम्म प्रदर्शनमा आउन सकेको छैन । तर, उनलाई यसपछि कामको कमी भएको छैन । 
 
उनी खासमा मुम्बईबाट नेपाल एक सर्ट फिल्म खिच्न आएका थिए । ‘अस्कर कलेजमा पढ्ने साथीको एक सर्ट फिल्म खिच्न नेपाल आएको थिएँ । त्यही बेला कहाँबाट सुनिल (रावल) दाईले थाहा पाउनुभएछ । अनि, मलाई उहाँले फिल्म ‘लाउरे’ खिच्ने अवसर दिनुभयो । तर, त्यो फिल्म प्रदर्शनमा आउन सकेन’, नेपालको नवलपरासीमा जन्मिएका उनले एक भेटमा भने- ‘‘लाउरे’ खिचेपछि म मुम्बई फर्किने तयारीमा थिएँ । त्यही बेला फिल्म ‘अमेरिका बोइज’ को अफर आयो ।’’ 
 
 
‘अमेरिका बोइज’ खिचेपछि उनी पुनः मुम्बई फर्किने सोचमा थिए । मुम्बईका लागि टिकट समेत काटिसकेका थिए । तर, दोस्रो पटक पनि उनको मुम्बई लम्किन लागेको पाइला रोकियो । निर्माता गोविन्द शाहीले फिल्म ‘लभ स्टेशन’ खिच्न आग्रह गरे । ‘म ‘लभ स्टेशन’ खिचुँ वा मुम्बई जाउँ भन्नेमा दोधारमा थिएँ । केही साथी-भाईले स्टार (प्रदीप खड्का) को फिल्म नछाड भनेपछि मेरो मुम्बई जाने प्लान रद्द भयो । त्यसपछि मुम्बई जाने सोच आएको छैन’, उनी सुनिए । 
 
उनमा पटक-पटक मुम्बई फर्किने सोच पलाउनुको कारण नेपालमा पर्याप्य इक्यिूपमेन्ट नहुनु हो । ‘मलाई इन्डियाको जस्तो लाइट्स चाहिन्छ । त्यो भएन भने मलाई कामै गर्न मन लाग्दैन । 'एफटीआईआई' मा पढेर आएको मान्छेले खिचेको फिल्ममा क्वालिटी भएन भने नाम बदनाम हुन्छ । म 'कम्प्रमाइज' गरेर काम गर्न चाहन्नँ । त्यसैले मुम्बई फर्किन लागेको थिएँ’, उनले निर्धक्क भने । उनी फिल्ममा क्वालिटीका लागि नेपाली निर्मातालाई लाइट्स थप्न 'कम्प्रमाइज' नगर्न आग्रह गर्दछ । 
 
उनी इक्यिूपमेन्ट पर्याप्त उपलब्ध गराए आफू कम पारिश्रमिकमा पनि काम गर्न तयार रहेको बताउँछन् । फिल्मको निर्माण टिमले इक्यिूपमेन्ट पर्याप्त दिए आफू आधा पारिश्रमिकमा पनि काम गर्न तयार रहेको उनको भनाई छ । इक्यिूपमेन्ट राम्रो नभएसम्म उत्पादन राम्रो ननिस्कने उनी ठोकुवा गर्छन् । फिल्म राम्रो/नराम्रो बन्नमा छायाँकारको हात महत्त्वपूर्ण रहने पनि छायाँकार शुक्लाको जिकिर छ । 
 
‘फिल्म भनेको टिमवर्क हो । स्पोर्ट ब्वाईदेखि कलाकार, निर्देशक, छायाँकार सबैले शतप्रतिशत दियो भने मात्र फिल्म राम्रो बन्ने हो । एक्लैको भरमा फिल्म बन्नै सक्दैन’, उनी अगाडि भन्छन्, ‘निर्देशकको सोचाईलाई दृश्यभाषामा उतार्ने काम छायाँकार हो । यदी छायाँकारले त्यसमा हेलचेक्राइ गर्छ भने फिल्म विग्रन्छ ।’ उनी निर्देशक र छायाँकारबीच ‘सट डिभिजन’ को विषयमा छलफल हुनु पर्ने तर्क राख्छन् । ‘जबसम्म निर्देशकले प्रत्येक ‘सट’ को अर्थ बुझ्दैन तबसम्म फिल्म राम्रो बन्दै बन्दैन’, उनले भने । 
 
छायाँकार आलोक शुक्ला छायाँकारको भविष्य नेपालमा राम्रो रहेको पनि बताउँछन् । उनी भन्छन्, ‘पहिला के थियो मलाई थाहा भएन । म २ वर्ष नेपालमा रहँदा राम्रो काम गर्‍यो भने छायाँकार भएरै जीविकोपार्जन गर्न गाह्रो छैन । अहिले पारिश्रमिक पनि निकै राम्रो पाइन्छ ।’ उनी छायाँकारलाई पारिश्रमिक जति पाए पनि इमान्दारपूर्वक काम गर्न सुझाव दिँदै भन्छन्, ‘हाम्रो नेपाली फिल्म इन्टष्ट्रीलाई अलि माथि लैजानु छ । त्यसैले केही नयाँ गरौं । ७० को दशकमा जस्तो काम नगरौं ।’ 
 
 
उनी आफैं पनि चाँडै फिल्म निर्देशनमा होमिने सोचमा छन् । उनको दिमागमा फिल्मका लागि कथाको जन्म पनि भइसकेको छ । नेपालको तराई क्षेत्रमा बसोबास गर्ने मधेशी समुदायको कथाव्यथामा आधारित एक डकुमेन्ट्री समेत बनाइसकेका उनी बैदेशिक रोजगारीले निम्त्याएको सामाजिक र पारिवारिक समस्यामा केन्द्रित रहेर आफ्नै निर्देशनमा फिल्म बनाउने उनको तयारी छ । उनको छायांकन रहेको चौथो फिल्म ‘सानो मन’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । 
Most Visited News (monthly)